२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक सञ्जाल दुरुपयोग बढी, सदुपयोग कम

अ+ अ-

तपाईँले सर्ने रोग र नसर्ने रोगबारे पढ्नु र देख्नु त पक्कै भएकै छ होला । होइन, छैन भने पनि सुन्नु त पक्कै भएकै छ । अन्धविश्वास, जनचेतनाको कमिले गर्दा सर्ने रोगले मल-जल पाइरहेका थिए । उसो त नसर्ने रोगका कारण पनि यस्तै-यस्तै हुन्छन् । रोग जस्तोसुकै भए पनि रोग प्रतिरोधात्मक क्षमता कमजोर भयो भने जुनसुकै रोग पनि खतरनाक नै हुने गर्छन् र अन्ततः ज्यान नै लिन सक्छन् । तर आज म तपाइहरूलाई यी सर्ने र नसर्ने रोगका कारण र परिणाम भन्दा पनि यस्तै तर सर्ने र नसर्ने रोगमा वर्गीकरण गर्न नसकिएको एउटा रोगको बारेमा भन्दै छु । विज्ञान र प्रविधिमा व्यापक विकास भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताको सङ्ख्या पनि नाटकीय रूपमा बढेको छ । नेपाल जस्तो व्याप्त बेरोजगारी रहेको मुलुकमा सामाजिक सञ्जालको बढ्दो प्रयोगले कुनै समय महामारीका रूपमा फैलिएका अथवा समय समयमा विभिन्न जिल्लामा माहामारिको रूपमा फैलिने सरुवा रोगहरू जस्तो हैजा, झाडापखाला, आउँको जस्तै र मस्तिष्कघात, क्यान्सर जस्ता कडा नसर्ने रोगको जस्तै असर व्यक्तिमा मात्र नभई सिङ्गो समाजमा देखिन थालेको छ । यति भनेपछि त कुराको झन्डै धार पाउनु भो होला, हो त्यो रोगको नाम हो सामाजिक सञ्जाल(फेसबुक, ट्विटर, इन्स्टाग्राम, हृवाट्सएप, युट्युब) आदि ।

सामाजिक सञ्जाललाई रोग नै भनी सकेपछि फेरी किन यसकै फाइदा भनेको होला, भन्ने लाग्यो होला । एकछिन प्रशंसा गर्छु है । हाल नेपालमा कुल जनसङ्ख्याको दुई तिहाइ नेपाली मोबाइल र इन्टरनेटको पहुँचमा छन् । यसले मानिसको शारीरिक दुरीलाई भुलाउन मद्दत गर्छ । यो संसारलाई कति सानो बनाई दिएको छ । टाढा-टाढाका आफन्तको खबर पाउन सकिने । आफन्त र साथीहरू को कहाँ छन् अनि के गर्दै छन् । सहरमा बसेका गाउँको बारेमा र गाउँमा बसेकालाई सहरको बारेमा । देशमा बसेकालाई विदेशको बारेमा र विदेशमा बसेकालाई देशको बारेमा । कति सजिलैसँग खबरको आदानप्रदान गर्न सकिने । अनि एउटै देशको पनि एउटा कुनाको खबर अर्को कुनामा पुर्‍याउने ।

वर्षौ अघि चिठ्ठीपत्रबाट महिनौँपछि थाहा हुने खबर अहिले आएर भिडियो कल, च्याट आदि आहा यो सामाजिक सञ्जाल साँच्चै भगवान् को देन नै हो ।

अनि भगवानको देन नै भन्ने भए अगाडी किन सर्ने र नसर्ने बाहेकको अर्को रोग भनेको त भन्नुहोला । त्यसको बारेमा भन्छु । हालैको एक तथ्याङ्क चाहिँ उदेकलाग्दो छ । तथ्याङ्कले भन्छ, मोबाइल र सामाजिक सञ्जाल प्रयोगमा नेपालीले भारतीयलाई जितेका छन् । प्रतिशतका आधारमा हेर्दा सामाजिक सञ्जालको प्रयोगमा भारतीयभन्दा नेपालीको सङ्ख्या बढी छ। त्यसमा १८ देखि २४ वर्ष उमेर समूहको सङ्ख्या सबैभन्दा धेरै रहेको कुरा उल्लेख गरिएको छ । सामाजिक सञ्जालले हाम्रो दिमागलाई नराम्रोसँग असर गर्छ । हाम्रो सोच्ने क्षमतामा पनि असर गर्छ । मान्छेहरू अरूको देखा सिकी गरेर झुटो कुरालाई वास्तविकता बनाउन चाहन्छन् । एक अध्ययनका अनुसार फेसबुकमा घन्टौँ समय बिताए पछि एक तिहाइ मानिसहरूले आफूलाई एक्लो महसुस गर्छन् । उनीहरू निराश र क्रोधित महसुस हुन्छन् । खासगरि यस्तो त्यतिखेर हुन्छ जब उनीहरूले आफूलाई अरूसँग तुलना गर्छन् । जबदेखि सामाजिक सञ्जाल प्लेटफर्ममा मानिसहरूको कुराकानी सुरु हुन्छ त्यतिखेर देखि उही मानिससँग पनि वास्तविक जीवनमा गरिने कुराकानी पातलिँदै जान्छ ।

सामाजिक सञ्जालको प्रयोग बढ्दै जाँदा मानिसहरू भर्चुअल प्लेटफर्ममा कुरा गर्न धेरै मन पराउन थाल्छन् । यससँगै मानिसहरू बिस्तारै एक अर्काको वास्तविक भावनाहरूलाई बुझ्न असमर्थ हुँदै जान्छन् । सामाजिक सञ्जालमा लिप्त भएपछि घरको सामान्य काम धन्दा नै प्रभावित हुने गर्दछ । छोराछोरीहरूको बिचल्ली हुने गरेको छ । त्यति मात्र होइन, सामाजिक सञ्जालको फन्दामा परेर बाल विवाह, बहुविवाह हुने गरेको पनि समाजमा प्रशस्तै देख्न पाइन्छ । क्षणिक रूपमा मनोरञ्जन लिने हेतुले जोडिएका कतिपय सम्बन्धहरू बिस्तारै जटिल अवस्थामा प्रवेश गरेको पाइन्छ । यसले अन्ततः दम्पतीबिच आशङ्का पैदा गर्ने मात्र होइन, कलहको बिउ नै रोप्ने गरेका उदारण पनि प्रशस्त छन् । कतिपय श्रीमान् श्रीमतीको झगडा सामाजिक सञ्जालकै निहुँमा हुने गर्छ। पासवर्डको विषयमा झगडा भएर दाम्पत्य सम्बन्ध टुट्न पुगेको घटना पनि समाजमा भेट्न सकिन्छ । अहिले दम्पतीबिचको सम्बन्ध विच्छेदको घटना कहालीलाग्दो गरी बढेको छ । र, त्यसमा एउटा प्रमुख कारण सामाजिक सञ्जाल भएको छ । सामाजिक सञ्जालमा जथाभाबी पोस्ट तथा टिका(टिप्पणी गर्नाले व्यक्तिको आत्सम्मान ठेस पुग्न सक्छ । चालू आवको हालसम्म साइबर अपराधसम्बन्धी ४ सय भन्दा बढी उजुरी दर्ता भएकोमा अधिकांश चरित्रहत्यासँग जोडिएका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको साइबर सेलको तथ्याङ्कअनुसार पछिल्लो समय सामाजिक सञ्जालमा नक्कली आइडी बनाएर चरित्रहत्या गर्ने घटना बढेका छन् उजुरीमा उल्लेख उमेर हेर्दा दण्ड देखि घण्ट वर्ष समूहका व्यक्ति नक्कली आइडी बनाएर दुरुपयोग गर्न बढी सक्रिय देखिएका छन् । यसरी सामाजिक सञ्जालको प्रयोगले विकृति भित्रिएको छ ।

समय यस्तो परिवर्तन भैइ सक्यो ।मान्छेहरू मानवता हराउन थाली सक्यो । बस दुर्घटना भएको हुन्छ, आगलागी भएको हुन्छ, बाढी-पहिरो गएर मान्छेहरू विपतमा हुन्छन् । सहयोगी हातहरू हुँदैनन्, लाइभ आउँछन्, प्रत्यक्ष प्रसारण गर्छन् । मानौँ की तिनीहरू कुनै ब्रेकिङ् न्युजका समाचारदाता हुन, जो आफ्नो कर्तव्य पुरा गर्दै छन् । अझ यी च्याउ उम्रे जस्ता युट्युब च्यानल त समाचार प्रसारणका लागि सञ्चारका माध्यमको भूमिकामा नभएर कुनै व्यापार-व्यवसाय गर्ने निकाय जस्तै छन् । कस्तो इन्टरभ्यू लिए भिउज बढ्छन् भन्नेतिर मात्र केन्द्रित हुन्छन् । उनीहरूलाई अरू केही सरोकार हुँदैन यति मात्र सरोकार हुन्छ की कसरी आफ्नो युट्युब बढिले हेर्छन् । कसरी बढी पैसा कमाउन सकिन्छ भनेर । अझ युट्युबमा त ‘एक्सक्लुसिभ’,  ‘अहिलेसम्म कै उत्कृष्ट भिडियो’, ‘तिन करोड नेपालीले हर्नै पर्ने’ यस्तै यस्तै हेड लाइन । अनि यस्ता सामाजिक सञ्जाल जो बाट मानवता हराउन सहयोग पुग्छ, जसले राष्ट्रिय एकतामा प्रभाव पार्छ, जसले समाजमा विकृत ल्याउन सहयोग गर्छ, जसले समाजमा देखा सिकी गर्ने र तडक-भडक युक्त जीवनशैली अपनाउन मान्छेलाई प्रेरित गर्छ । अनि यो के रोग होइन ?

यति भनेपछि अब आफ्नो व्यक्तिगत जीवनमा परेका असरहरूबाट सुरु गर्छु । म बाट इन्टरनेट चल्नु पर्थ्यो । तर इन्टरनेट द्वारा म चलाइएँ । थकित ज्यानलाई ढल्काएर वाइफाई कनेक्ट गर्छु । फेसबुक खोल्छु । कसले के म्यासेज गरेछ ?कसले कस्तो पोस्ट गरेछ ? कति नोटिफिकिसन आएछन् ? दिनभर के-के भएछ ? न्युज फिड के रहेछ ? कति फ्रेन्ड रिक्वोस्ट आए ? आफूले अपलोड गरेको स्टाटसमा कति लाइक आए, कति कमेन्ट आए, केके नयाँ भिडियो युट्युबमा अपलोड भए खोतल्न थाल्छु । कुनै घतलाग्दो समाचार, कुनै फन्नी जोक्स, कुनै गम्भीर टिप्पणी हेर्दा हेर्दै मुड पनि परिवर्तन भइसक्छ । खानपान तयार हुँदासम्म मेरो ध्यान मोबाइलबाट हटेकै हुँदैन । अब कुरो गरौँ रातिको । पहिले-पहिले कहिलेकाहीँ राती बिउँझिदा पानी पिउने बानी थियो । तर आजभोलि समय फरक छ । बिउँझिएर फेसबुक-मसेन्जर खोलिन्छ नोटिफिकेसन, मेसेज यी र यस्तै गतिविधिको जानकारी लिन । राति अबेरसम्म फेसबुकमा समय बेत्तित गरेपछि सुत्छु । र बिहान उठ्दा दिमाग भारी भएको हुन्छ । उठ्न बित्तिकै फेरी केके भएछ भनेर फेसबुक खोल्छु । फेसबुकमा फेरी त्यसैगरि समय बित्छ, अब खाना खायो, अफिस गयो, त्यसपछि बेलुका अफिसबाट फर्कियो अनि त्यही दैनिकी दोहोरिन पुग्छ ।

अब साझा असरका कुरा गरौँ । कतिपयले सामाजिक सञ्जाल उनीहरूको व्यक्तिगत भावना पोख्ने स्थानका रूपमा प्रयोग गरिरहेका हुन्छन् । उनीहरू आफ्ना प्रेमी वा प्रेमीकालाई फेसबुकमा धम्की दिइरहेका हुन्छन्, फकाइरहेका हुन्छन्, कसैलाई सम्झाइरहेका हुन्छन् । अझ कतिको त बिहान उठ्ने बित्तिकै गुडमर्निङ सामाजिक सञ्जालबाट सुरु भई गुडनाइटमा गएर अन्त्य हुन्छ । सामाजिक सञ्जालमा हामी यति धेरै लिप्त हुन थालेका छौँ कि, पारिवारिक मूल्य र मान्यताहरू ओझेल पर्न थालेका छन् । सामाजिक सञ्जालकै कारण अहिले सम्बन्ध विच्छेदको घटना बढेको छन् । सामाजिक सञ्जालमा अशिष्ट र अमर्यादित मात्र होइन, अश्लील र फोहोरी शब्द र विम्बहरूको प्रयोगसमेत भइरहेको देखिन्छ । सामाजिक सञ्जाल हेर्दा यस्तो लाग्छ की हाम्रो शिष्टता, भद्रता र सहिष्णुता खस्की सकेको छ । अझ भनूँ आँपको फोटो फेसबुकमा राख्यो र लेख्यो, हाम्रोमा यसलाई केरा भन्छन् अब तपाईँको साथीको पालो, उसले कमेन्टमा लेख्छ, हाम्रोमा त नास्पति भन्छन्, अर्कोले लेख्छ हाम्रोमा मकै भन्छन्, अर्कोले लेख्छ हाम्रोमा स्याउ भन्छन्, अर्कोले लेख्छ हाम्रोमा भूईँकटर भन्छन् । एकातिर यी र यस्तै स्टाटसले समाजमा आपराधिक क्रियाकलाप बढ्न सहयोग गरेको छ भने अर्कोतिर सामाजिक सद्भाव भड्काउन सहयोग पुगेको छ । कहिलेकाहीँ त यस्तो मेसेज पनि आउँछन् ‘यो मेसेज श्रीमहादेवले पशुपतिनाथबाट प्रसाद स्वरूप पठाउनु भएको हो, चालिस जनालाई पठाउनु, वास्ता गर्नु भएन भने नराम्रो खबर सुन्नु पर्नेछ’ ल हेर्नुहोस् त के हामी साँचै बेकामे र फुर्सदिला भएकै हौँ त ? यति भनिसके पछि तपाईँमध्ये केहीलाई लाग्यो होला, म त यस्ता स्टाटस लेख्दैन, नराम्रा कामको विरोध गर्छु । तर सम्झिनुहोस् त के हाम्रो क्षमता यति मात्र हो त ? अरूलाई गाली गर्‍यो बस्यो । के हामी अरूका गल्तीको प्रतीक्षा गर्दै बस्ने हो त रु जो आफू कमजोर छ उसले अरूका कमजोरीहरूको प्रतीक्षा गरेर बसेको हुन्छ । त्यसैले आफूलाई कमजोर प्रमाणित नगरौँ ।

रोगहरू शारीरिक अवस्था, वातावरणको अवस्था भन्दापछि सबैभन्दा बढी उमेरमा निर्भर गर्छन् । त्यसो भए यो सामाजिक सञ्जाल नामक रोगबाट कुन उमेर समूहका बढी प्रभावित छन् रु भनेर प्रश्न सोध्न खोज्दै हुनुहुन्छ होला, त्यसको बारेमा पनि म भनिहाल्छु । मोबाइल फोनमा सहजै इन्टरनेटको पहुँचसँगै सामाजिक सञ्जालका प्रयोगकर्ताको सङ्ख्या बढेको छ। सामान्यतया जिन्दगीका धेरै कुरा सिक्ने उमेर, व्यक्तित्व विकासका लागि थुप्रै कुरा सिक्ने उमेर किशोरावस्था हो । यो उमेर समूहकाले बढिभन्दा बढी समय सामाजिक सञ्जालमा बर्बाद गर्छन् । जसले गर्दा उनीहरूको मानसिकतामा देखा सिकी गर्ने प्रवृत्ति, अल्छीपना जस्ता कुराहरूले प्रश्रय पाउँछन् । मान्छेको परिश्रम गर्ने क्षमतामा ह्रास आउँछ, विभिन्न खाले रोगले आक्रमण गर्न थाल्दछन् । आफ्नो क्षमता भन्दा बढी देखा सिकी गर्छन् र तडक-भडक युक्त जीवनशैलीमा अपनाउन चाहन्छन् । त्यो मान्छे जो किशोरावस्थामा हुँदा उसले देखा सिकी गर्न मात्र जानेको थियो । परिश्रम कहिले गरेको थिएन । तडक-भडकयुक्त जीवनशैली अपनाएको देखेको रसिकेको थियो । हो, अब आएर त्यो मान्छे जब युवा अवस्थामा पुग्छ तब उसले किशोरावस्थामा सिकेका देखा सिकी व्यवहारमा उतार्न चाहन्छ ।

दिनरात मेहनत गरेर भविष्य बनाउने समयमा सामाजिक सञ्जाल(फेसबुक, ट्विटर, इन्स्टाग्राम हृवाट्सएप, युट्युब) आदिमा समय बेत्तित गरेको मान्छे, अब आफ्ना महत्वकांक्षा पुरा गर्न गैरकानुनी कार्यमा संलग्न हुन्छ । सामाजिक सञ्जालका विभिन्न माध्यम मध्ये प्रमुख माध्यम हो, फेसबुक । पछिल्लो समय भएका विभिन्न घटनाहरूमा फेसबुक र यस्तै सामाजिक सञ्जालको प्रयोगबाट भएको समेत पाइएको छ । चाहे ती बलात्कारका घटना हुन् वा चोरीरलुटपाटका कहीँ न कहीँ सामाजिक सञ्चालक दुरुपयोग त भएकै हुन्छ । परिवार इलाम घुम्न गएको अवस्था भन्दै हामीले फेसबुकमा स्टाटस मात्र लेखेका हुन्छौ, प्रत्यक्ष रूपमा हामीले आफन्तसँग खुसी त साटेका हुन्छौँ तर अप्रत्यक्ष रूपमा चोरहरूलाई नियमन्त्रणा दिएका हुन्छौ हामी स-परिवार इलाम गएका छौँ घरमा कोही छैन तपाईँलाई जे जे चाहिन्छ, कृपया ढुक्कले लिनुहोला । सबैभन्दा ठुलो कुरा फेसबुक चलाउनु, युट्युब च्यानल खोल्नु, भिडियो बनाउनु, भिडियो इडिट गर्नु, भिडियो अपलोड गर्नु होइन । ठुलो कुरा त समाज र श्रम बजारमा आफू टिक्न सक्नु, दुनियाँका सामु सीप बिकाउन सक्नु, आफ्नो जीवन निर्वाह गर्नु मात्र नभई राष्ट्रका लागि इमानदार नागरिकको भूमिका निर्वाह गर्नु, राष्ट्रलाई केही दिन सक्नु हो ।

विद्युतीय तथ्याङ्क आदान-प्रदानको माध्यमबाट वा अन्य कुनै विद्युतीय सञ्चार माध्यमबाट हुने कारोबारलाई भरपर्दो र सुरक्षित बनाई विद्युतीय अभिलेखको सृजना, उत्पादन, प्रशोधन, सञ्चय, प्रवाह तथा सम्प्रेषण प्रणालीको मान्यता, सत्यता, अखण्डता र विश्वसनीयतालाई प्रमाणीकरण तथा नियमित गर्ने व्यवस्था गर्न र विद्युतीय अभिलेखलाई अनधिकृत तवरबाट प्रयोग गर्न वा त्यस्तो अभिलेखमा गैरकानुनी तवरबाट परिवर्तन गर्ने कार्यलाई नियन्त्रण गर्नका लागि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३, विद्युतीय कारोबार नियमावली २०६४ र यसका अतिरिक्त समय-समयमा नेपाल सरकारले सामाजिक सञ्जालमा जथाभाबी पोस्टहरू नराख्न सूचना समेत दिने गरेको छ । अझ विद्युतीय(इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम एक लाख रुपियाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना तथा सञ्चार प्रविधिमा आएको द्रुत तर विकास सँगसँगै सार्वजनिक सञ्चारका साधन तथा मिडिया, फेसबुक, ट्विटर, इमो, भाइवर, मेसेन्जर जस्ता सामाजिक सञ्जालहरूको प्रयोगमा बढोत्तरी आएको भन्दै सामाजिक सञ्जाल र मोबाइल फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्ग निर्देशन, २०७५ पारित गरेको छ । सामाजिक सञ्जालमा प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबिचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री प्रकाशन वा प्रदर्शन गर्ने वा गर्न लगाउने किसिमका कार्य कानुनले दण्डनीय हुन्छ भनी केही सञ्चारका माध्यमबाट यस सम्बन्धी जनचेतनाका कार्यक्रम समेत प्रवाह हुने गरेका छन् ।

सामाजिक सञ्जालले कुनै व्यक्तिलाई भावनात्मक रूपले दुःखी पनि बनाउँछ । सृजनात्मक हुनका लागि पनि सामाजिक सञ्जालको लत त्याग्नुपर्छ । यो रोग नै हो यसले तपाईँको जीवन तहसनहस नै गर्छ, फेसबुक खोल्नु भो भने तपाईँ रोगबाट ग्रस्त हुनु भो भन्न मात्र खोजेको हैन, मेरो आशय सकेसम्म यस्ता सामाजिक सञ्जालको दुरुपयोग रोकौँ । सामाजिक सञ्चालक प्रयोगमा किशोर किशोरी पनि छन्। काँचो उमेरका किशोरकिशोरीहरुको समूहलाई सामाजिक सञ्जालमा पहुँच नियन्त्रण गर्न र दुरुपयोग हुनबाट रोक्न सचेतनाका कार्यक्रम हुन जरुरी छ ।

प्रयोग गर्नै नदिने गरी नियन्त्रण सम्भव नभएता पनि किशोरकिशोरीहरुको समूहलाई विद्यालय र अभिभावकले प्रयोगको सकारात्मक र नकारात्मक पाटोबारे बेलैमा जानकारी दिए दुर्घटनामा पर्ने जोखिम न्यून हुनसक्छ । रोग प्रतिरोधक क्षमता बढाउन औषधी प्रयोग गर्छौ त्यसरी नै सामाजिक सञ्जालको प्रयोगबाट देखिएको रोग निवारणका लागि निरोधात्मक कार्यक्रम मार्फत सामाजिक सञ्जालको दुरुपयोग रोकथाम गर्ने एवं प्रवर्द्धनात्मक कार्यक्रमहरू मार्फत सचेतना अभिवृद्धि गर्ने कार्य प्रभावकारिरुपमा अगाडि बढाउनु पर्छ। सचेतनाको अभावका कारण गम्भीर घटना हुने गरेका छन्। फेसबुक एक सार्वजनिक स्थल हो । यहाँ कसैमाथि टिका-टिप्पणी गर्ने नाममा निकृष्ट शब्दको प्रयोग नगरौँ । सही काममा प्रयोग गरौँ । राष्ट्रिय एकता प्रतिकुल हुने र समाजमा विकृति ल्याउने खालका सामाग्री कुनै पनि सामाजिक सञ्जालमा नराखौँ । सामाजिक सञ्जालमा बढिभन्दा बढी समय बेत्तित नगरौँ । त्यसैले सकेसम्म यो रोगबाट बच्नुहोला । यो रोग नै हो । यो मात्र यस्तो रोग हो जसका लक्षण न त सर्ने रोगसँग मिल्न जान्छन् न त नसर्ने रोगसँग नै । यो रोगलाई हामी आफैँले अङ्गालेका हुन्छौ । त्यसैले यो रोगलाई सर्ने रोग वा नसर्ने रोगमा नराखेर छुट्टै राखिएको हो । जसको दुरुपयोगले व्यक्तिको मात्र नभई सिङ्गो समाज र अन्ततः राष्ट्रकै भविष्य अँध्यारो बनाउँछ भने अनि के यो रोग होइन ?