१३ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार सिडिओसहित पाँच सहसचिव र तीन उपसचिवको सरुवा

गृह मन्त्रालयले राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका आठ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। निर्णयसँगै सिरहा, गुल्मी र डोटीले नयाँ प्रमुख जिल्ला अधिकारी पाएका छन् भने दुई सीडीओ मन्त्रालय तानिएका छन्।

अ अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले चार प्रमुख जिल्ला अधिकारी (प्रजिअ)सहित पाँच सहसचिव र तीन उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ।

मन्त्रालयको असोज १२ गतेको निर्णयअनुसार राजपत्राङ्कित प्रथम तथा द्वितीय श्रेणीका आठ कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको हो।

निर्णयअनुसार रामेछापका प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुँवरलाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ। प्युठानका प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईँलाई सिरहाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ।

गृह मन्त्रालय वा अन्तर्गत कार्यरत सहसचिव मोतीराम सापकोटालाई गुल्मीको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ भने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।

त्यस्तै, गृह मन्त्रालय वा अन्तर्गत कार्यरत सहसचिव तुलसीबहादुर श्रेष्ठलाई डोटीको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ।

उपसचिवतर्फ डोटीकी प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।

गृह मन्त्रालय वा अन्तर्गत कार्यरत उपसचिव भक्तिराम मरासिनीलाई अर्घाखाँचीको सहायक प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ भने त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद घिमिरेलाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।

0 Comments