२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मापदण्ड विपरीत मासु पसल र होटल सञ्चालन

अ+ अ-

लहान । सिरहाको लहानस्थित अधिकांश मासु पसल तथा होटल मापदण्ड पूरा नगरी सञ्चालनमा रहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले लहानमा रहेको मासु पसल तथा होटलमा गरेको अनुगमनको क्रममा मासु पसलमा नापतौलबाट विद्युतीय तराजु प्रमाणित नभएको र सरसफाइ तथा व्यवस्थित नभएको पाइएको हो ।

इलाका प्रशासन कार्यालय लहानका प्रमुख सोमप्रसाद भट्टराईको नेतृत्वमा गरिएको अनुगमनको क्रममा लहान नगरपालिका–६ स्थित राजु वेकरी उद्योग, न्यू मुङ्गेरिया स्वीट एण्ड चाट हाउसमा अनुगमन गर्दा सरसफाइ तथा खाद्यान्न अनुज्ञापत्र नरहेको पाएको छ ।

त्यसैगरी किसन स्वीटस एण्ड चार्ट हाउसमा पनि सरसफाइ राम्रो नरहेको तथा बिना लेबल ब्रेड बिक्री वितरण भइरहेको साथै उक्त होटलमा म्याद समाप्त भएको पेयपदार्थ कोकोकोला दुई लिटरको १४ थान, फेण्टा दुई लिटरको सात थान र स्पराइट दुई लिटरको १० थान फेला परेकाले नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिए ।

अनुगमनको क्रममा खाद्यान्न अनुज्ञा प्रमाणपत्र नरहेको होटललाई अनुज्ञापत्र लिन सात दिनको म्याद दिइएको प्रमुख सुरेशकुमार सिंहले बताए ।