१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडामा योजनाको चटारो

अ+ अ-

बागलुङ । गलकोट नगरपालिका–३ मा चालू आवका लागि ४२ योजना स्विकृत भएका छन् । तीमध्ये ३० योजनाको सम्झौता हुनाका साथै १४ सम्पन्न पनि भइसकेका छन् ।

वडा कार्यालयहरूले योजनाको कामलाई गति दिएका छन् । चैतभित्र सबै योजना सम्पन्न गरिने वडाध्यक्ष वीरजङ्ग भण्डारीले बताए । वडा कार्यालयले आर्थिक वर्षको अन्तिममा आएर काम गर्ने परिपाटीे अन्त्य गर्न चाहेको उनको भनाइ थियो ।

‘चैतभित्रै योजना सम्पन्न गर्न उपभोक्ता समितिलाई निर्देशन दिएका छौँ’, वडाध्यक्ष भण्डारीले भने, ‘कामलाई गति दिनाका साथै अनुगमन पनि भइरहेको छ ।’ साना योजनादेखि दीर्घकालीन महत्वका योजना पनि उक्त वडामा परेका छन् । नगरसभाले गौरवका योजनामा वडा नं ३ मा छाँगावरोहण (क्यानोनिङ)लाई पारेको छ । सहस्रधारामा रहेको झरनामा छाँगावरोहण सञ्चालनका लागि पूर्वाधार विकासको काम गरिने भएको छ ।

हटिया बजारमा सौर्यबत्ती राख्ने, नाङ्गो तार हटाउनेलगायत योजना पनि वडा कार्यालयले अघि सारेको छ । गलकोट नगरपालिकाको मुख्य बजार क्षेत्र वडा नं ३ मै पर्छ । बढ्दो बजारीकरणसँगै ‘पार्किङ’ व्यवस्थापनको चुनौती थपिएको छ ।

‘गलकोटमा बसपार्क छैन, पार्किङ अस्तव्यस्त छ’, वडाध्यक्ष भण्डारीले भने, ‘बसपार्कको योजना नगरपालिकाकै प्राथमिकतामा छ, वडाबाट पनि पहल हुन्छ।’नगरपालिकाका अनुसार तत्काल बसपार्क निर्माणका लागि जग्गाको अभाव भएकाले अस्थायी रुपमा भए पनि बसपार्क राख्न जग्गाको खोजी भइरहेको छ । मध्यपहाडी लोकमार्गमा सवारीसाधनको चाप बढेसँगै बसपार्क आवश्यकता खड्केको हो ।

वडा नं ३ भित्रका ४० वर्ष काटेका नागरिकलाई निःशुल्क स्वास्थ्य जाँच सेवा पनि उपलब्ध गराउने तयारी भइरहेको छ । हटिया स्वास्थ्यचौकीसँगको सहकार्यमा चिनी, उच्च रक्तचापलगायत रोगको निःशुल्क जाँच हुँदै आएको छ । भौतिक पूर्वाधारसँगै सामाजिक विकास र सामाजिक सुरक्षाका क्षेत्रमा वडाका योजना केन्द्रित छन् ।

प्रतिक्रिया दिनुहोस