काठमाडौं । ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा परि संस्कृति पर्यटन तथा नगारिक उड्यन मन्त्री रवीन्द्र अधिकारी सहित सात जनाको निधनमा बिहीबार राष्ट्रिय शोक घोषणा गरिएको छ।
बुधबार बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय शोकको घोषणा गरेको हो । शोकमा सरकारले आज सार्वजनिक विदा दिएको छ।
यस्तै हेलिकोप्टर दुर्घटनाका बारेमा छानबिन गर्न चार सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरिएको छ।
समितिमा पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्व रहेको छ । छानबिन समितिका सदस्यमा सेनाका सहायकरथी दीपक बास्तोला, पूर्वमहासेनानी क्याप्टेन प्रमोद लामा र पर्यटन मन्त्रालयका सहचिव बुद्धिसागर लामिछाने छन्।







