१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नगरभित्रका विद्यालयमा एउटै पाठ्यपुस्तक र पोशाक

अ+ अ-

बाँके । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रभित्रका सबै विद्यालयमा एउटै पाठ्यपुस्तक पढाइ गराइने भएको छ । सामुदायिक र संस्थागत विद्यालयको गुणस्तर समान गराउन नगरपालिकाले दुबै प्रकारका विद्यालयमा एकै खालको पाठ्यपुस्तक पढाउने व्यवस्था गर्न लागिएको हो ।

यसअघि विद्यालयपिच्छे फरक/फरक प्रकाशनको पाठ्यपुस्तक अध्यापन गराउँदै आएकामा अब दुवै विद्यालयमा एउटै प्रकाशनको पुस्तक अध्यापन गराउने तयारी थालिएको हो । नगरपालिकाको योजना कार्यान्वयन भएमा अब पाठ्यक्रम फरक भए पनि सबै संस्थागत विद्यालय र सामुदायिकमा पनि एउटै प्रकाशनको पुस्तक पढाउनु पर्नेछ ।

अब दुबै प्रकारका विद्यालयले पोशाक पनि एउटै लागू गर्नुपर्नेछ । यसअघि विद्यालयले आफूखुशी पोशाक लागू गरे पनि आगामी दिनमा भने सबै संस्थागतले एउटै किसिमको पोशाक लागू गर्नुपर्नेछ । सामुदायिक र संस्थागत विद्यालयको पाठ्यपुस्तक र पोशाक फरक/फरक हुने कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले जानकारी दिए ।

‘कोहलपुरलाई शैक्षिक केन्द्रको रुपमा विकास गर्न यस कार्यक्रमले ठूलो सहयोग पुर्‍याउने छ,’ उनले भने, ‘अन्य स्थानीय तहभन्दा कोहलपुरलाई नमूना बनाउने प्रयासमा यसले साथ दिन्छ ।

‘नगरपालिकाले अहिले एउटै पाठ्यपुस्तक र पोशाक लागू गर्नेबारे सामाजिक विकास समिति एवं शैक्षिक गुणस्तर सुधार समितिका संयोजक नारायणी ओलीको संयोजकत्वमा एक समितिसमेत गठन गरेको छ ।

गत पुस ४ गते गठन भएको समितिले अहिले आफ्नो कामलाई तीव्रता दिएको छ । समितिमा नगर शिक्षा अधिकारी रामसुरेश यादव, विद्यालय निरीक्षक दानबहादुर विष्ट, नगरका शिक्षा विज्ञद्वय एकराज शर्मा, तोयानाथ पहाडी, सामुदायिक विद्यालयबाट एकदेव पन्थी र संस्थागत विद्यालयबाट शिव डाँगी रहेका छन् ।

अहिले कोहलपुर नगरपालिकाभित्रका संस्थागत विद्यालयले फरक/फरक प्रकाशनका पाठ्यपुस्तक प्रयोग गरिरहेका छन् । सामुदायिक विद्यालयले एउटै प्रकाशनका पाठ्यपुस्तक प्रयोग गरे पनि पोशाक भने फरक/फरक नै प्रयोग गरेका छन् । कोहलपुर नगरपालिकाका शिक्षाविज्ञ एकराज शर्माले अहिले कक्षा ५, ८, ९ र १० मा संस्थागत तथा सामुदायिक दुवै विद्यालयमा एउटै पाठ/क्रम लागू भएको बताए । ‘नगरका संस्थागत विद्यालयले नर्सरीदेखि १० कक्षासम्म अङ्ग्रेजी माध्यमबाट नै पढाइरहेका छन्’, उनले भने ।

उनका अनुसार कोहलपुर नगरपालिकाभित्र सामुदायिक विद्यालयतर्फ भने पूरै अङ्ग्रेजी माध्यममा पढाउने विद्यालय छैनन् । सामुदायिक विद्यालय त्रिभुवन माविमा कक्षा ६ देखि अङ्ग्रेजी र नेपाली दुबै माध्यममा पढाइ गरेको छ, भने ज्ञानज्योति मावि चप्परगौडीमा कक्षा ८ र ९ मा मात्र लागू गरेको छ ।

प्रतिक्रिया दिनुहोस