११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रश्नपत्रसँगै छात्रालाई सेनेटरी प्याड

अ+ अ-

गलेश्वर । म्याग्दीमा एसइई परीक्षामा सहभागी हुने छात्रालाई प्रश्नपत्रसँगै सेनेटरी प्याड पनि दिइने भएको छ ।

यही चैत १० गतेदेखि शुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा, २०७५ (एसइई) मा समावेश हुने छात्रालाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले म्याग्दीमा सेनेटरी प्याड वितरण गर्ने भएकोे हो ।

सामुदायिक विद्यालयमा अध्ययनरत् छात्रा महीनावारी भएकै कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेको तथ्याङ्कलाई मध्यनजर गर्दै प्रदेशको सामाजिक विकास मन्त्रालयले एसइई परीक्षा प्रभावित नहोस् भनेर म्याग्दीमा सेनेटरी प्याड वितरण गर्ने जनाएको हो ।

मन्त्रालयकी प्रमुख महिला विकास अधिकृत तुलसा अर्यालले निमित्त एकाइ प्रमुख केशबहादुर बुढाथोकीलाई १५ हजार बराबरको प्याड खरीद गर्न चेक हस्तान्तरण गरेका छन् ।

मन्त्रालयका अधिकृत अर्यालले छात्रामा हुने महीनावारीलाई सहजरूपले व्यवस्थापन गरी परीक्षामा सहभागी गराउन प्रदेशभित्रका सबै जिल्लामा सहयोग गरिएको बताए। ‘छात्रा महीनावारी भएको समयमा विद्यालयमा सहभागी नहुने गरेको पाउने गरेका छौँ, महीनावारीको समयमा कुनै पनि छात्राको एसइई परीक्षा प्रभावित नहोस् भन्नका लागि सेनेटरी प्याड वितरण गर्ने व्यवस्था मिलाएका हौँ’, अर्यालले भने।

एसइई परीक्षा चैत १० गतेदेखि शुरु हुँदैछ । म्याग्दीमा दुई हजार २४२ विद्यार्थी सहभागी हुने परीक्षामा एक हजार १११ छात्रा रहेका छन् । सामाजिक विकास मन्त्रालयले छात्रा सङ्ख्याको अनुपातका आधारमा सेनेटरी प्याड खरीदका लागि शिक्षा विकास तथा समन्वय एकाइ म्याग्दीलाई रु १५ हजार बराबरको चेक हस्तान्तरण गरेको छ ।

शैक्षिक सामग्री सहयोग

म्याग्दीको एक लायन्स क्लबले दुर्गम विद्यालयका विद्यार्थीलाई छात्रवृति तथा शैक्षिक सामग्री सहयोग गरेको छ ।

बेनीमा रहको लायन्स क्लब अफ बेनी पिस सिटीले मङ्गला गाउँपालिका–३ बरंजामा रहेको दुई विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री सहयोग गरेको हो । शनिबार एक कार्यक्रममा जनप्रिय आधारभूत विद्यालय खर्क र महेन्द्ररत्न माध्यमिक विद्यालयका गरीब तथा विपन्न परिवारका विद्यार्थीलाई सो सहयोग प्रदान गरिएको हो ।

लायन्स क्लब र महेन्द्ररत्न मावि बरंजा छात्रवृति अक्षकोषको संयुक्त आर्थिक सहयोगमा महेन्द्र रत्न मावि कक्षा ११ मा अध्ययनरत् ६ जनालाई प्रति विद्यार्थी पाँच हजार र एक जनालाई १० हजार गरी ४० हजार छात्रवृत्ति प्रदान गरिएको छ ।

लायन्स क्लबले जनप्रिय मावि र महेन्द्र रत्न माविका ६ जना विद्यार्थीलाई एक वर्षका लागिप्रति विद्यार्थी ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । ती विद्यार्थीलाई एक वर्षका लागि कापी, कलम, झोला तथा प्रति विद्यार्थी एक जोर कपडा प्रदान गरिएको हो ।

आँखा शिविर

म्याग्दीको सदरमुकाम बेनी बजारमा सम्पन्न तीनदिने निःशुल्क आँखा शिविरबाट एक हजार ६०० बढी आँखाका बिरामी लाभान्वित भएका छन् ।

शिविरमा ८२ जना मोतियाविन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । ‘हामी नेपाली’ काठमाण्डौंको आयोजना, नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाण्डौंको प्राविधिक सहयोग, बेनीका विभिन्न लायन्स क्लब, नेपाल रेडक्रस सोसाइटी म्याग्दी र आर्ट फाउण्डेसन काठमाण्डौँको व्यवस्थापनमा निःशुल्क आँखा शिविर सम्पन्न भएको हो ।

शिविरमा उपचार हुन नसकेका ९ जना जटिल बिरामीलाई हिमालय आँखा अस्पताल पोखरा सिफारिस गरिएको शिविरका संयोजक एवं नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका नेत्ररोग विशेषज्ञ डा कल्याण ढुङ्गानाले जानकारी दिए ।

शिविरमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौंका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा अर्चना शर्माको नेतृत्वमा १० चिकित्सकको टोलीले सेवा प्रदान गरेको थियो । शिविरमा आएका धेरै जसो बिरामीको दृष्टि दोष (धेरै टाढा वा नजिक) को समस्या रहेको र उनीहरूलाई चस्मा लगाउन आवश्यक देखिएको शिविरका प्रमुख चिकित्सक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा अर्चना शर्माले बताए । रासस

प्रतिक्रिया दिनुहोस