२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिखर नगरपालिका डिजिटल सूचना पाटी जडान गर्ने पहिलो स्थानीय तह

अ+ अ-

डोटी । कार्यालयमा डिजिटल सूचना पाटी जडान गरेसँगै डोटीको शिखर नगरपालिका डिजिटल सूचना पाटी जडान गर्ने पहिलो स्थानीय तह भएको छ ।

प्रविधिलाई ध्यानमा राख्दै नगर कार्यपालिकामा सेवा लिन आउने सेवा ग्राहीको सहजताको लागि डिजिटल सूचना पाटी सुरु गरिएको शिखर नगरपालिकाका सूचना अधिकृत कशिस मल्लले बताए ।

उनले भने विधुतिय माध्यमबाट सूचना प्रवाह गर्ने सूचना पाटीबाट नगरपालिकाबाट दिइने सेवा सुविधाहरू, नागरिक वडा पत्र, नगरपालिकाले गरेका हरेक कार्यक्रमहरू, योजनाहरू , नगरपालिका विभिन्न तथ्याङ्कहरू लगायत जानकारीहरू राखिने छन् ।

डिजिटल सूचना पाटीले आम सेवा ग्राहिको सूचनामा सहज पहुँच, पारदर्शी र नगरपालिकाबाट प्रदान गरिने हरेक सेवा सुविधाको गतिविधिका बारेमा कसैलाई सोध्नै नपर्ने झण्झडवाट मुक्त हुन समेत सूचना अधिकृत मल्लले बताए ।

अब उप्रान्त हरेक नागरिकले आफूलाई चाहिएका र आवश्यक चासोका विषयमा सहज रूपमा सूचना पाटीबाट सूचना प्राप्त गर्न सक्ने शिखर नगरपालिका प्रमुख सिताराम जोशीले बताए ।

उनले भने शिखर नगरपालिका बदलिँदो सञ्चारको युग सँगै नयाँ प्रविधिलाई सँगै जोडेर जान खोजेको छौ । यसले सेवा ग्राहीलाई सेवा उपभोगमा थप सहजता हुन्छ ।

उनका अनुसार उक्त सेवा गाउँपालिकामा सञ्चालन गर्नुका साथै नगरपालिकाका अन्य बडाहरूमा पनि डिजिटल सूचना पाटीको अभियानलाई निरन्तरता दिइने छ ।

डिजिटल सूचना पाटीले सूचना सम्प्रेसण र प्रवाहमा समेत सहजता हुने शिखर नगरपालिकाका प्रेस सल्लाहकार योगेन्द्र बलायरले बताए

नगरपालिकाबाट प्रदान गर्ने सेवा सुविधाका बारेमा जानकारीका साथै नगरपालिकाले गरेका गतिविधिहरूको बारेमा जानकारी गराई सुशासन, जवाफदेहीता र पारदर्शितासमेत हुने उनको भनाई छ ।

शिखर नगरपालिकाले यस भन्दा पहिले पनि घर घरमै सेवाको पहुँच पुर्‍याउने उद्देश्यले मोबाइल एप्स सञ्चालन गरिसकेको छ । ७ वटा गाउँपालिका र २ नगरपालिका रहेको डोटीमा डिजिटल सूचना पार्टी जडान गर्ने यो पहिलो स्थानीय तह हो ।