२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संस्कृत भाषाको अनुसन्धानमा अक्सफोर्डले सहयोग गर्ने

अ+ अ-

काठमाडौं । विश्वका उत्कृष्ट १० विश्वविद्यालयमध्येको एक अक्सफोर्ड विश्वविद्यालयले नेपाल रणनीति नै बनाएर पूर्वीय दर्शन एवं संस्कृतको अध्ययन अनुसन्धानमा सहयोग गर्ने भएको छ ।

मङ्गलबारदेखि राजधानीमा शुरु भएको अन्तर्राष्ट्रिय संस्कृत सङ्गोष्ठीमा आफ्ना विचार राख्दै अक्सफोर्ड विश्वविद्यालयमा संस्कृत प्राध्यापनरत नेपाली मूलका प्राध्यापक दिवाकर आचार्यले आफू यसको पूर्वाधार निर्माणकै लागि गृहकार्य गर्न हाल नेपाल आएको बताए ।

संस्कृतमा रहेका ज्ञान–विज्ञानलाई बाहिर ल्याउन यो अवसर हुने भएकाले सहयोग गर्न उनले गोष्ठीका विद्वान्सँग आग्रह गरे । ‘२०० वर्षअघि सम्म सबै ज्ञान संस्कृतमै थियो, संस्कृतमा भएका शिल्पकला, वास्तुकलामा हाल कसैको ध्यान जान सकेको छैन, एउटा न्यातपोल मन्दिर निर्माणकै विषयको एक हजार ५०० पृष्ठको दस्तावेज राष्ट्रिय अभिलेखालयमा छ, तर त्यसका पाठक छैनन्, ज्ञान पुस्तकमै थन्केर बसेको छ,’ उनले भने ।

योग र आयुर्वेदलाई व्यवस्थित रुपमा अध्यापन गराए धेरै देशका विद्यार्थीले नेपालमा पढ्न आउने इच्छा देखाएको प्राध्यापक आचार्यले सुनाए । जर्मनी, जापान हुँदै हाल बेलायतमा संस्कृत पढाउन पुग्दा धेरै देशका विद्यार्थीले पूर्वीय दर्शनका धेरै विषयको अध्ययन यहीँ आएर गर्न चाहेको सुनाउँदै उनले त्यसको वातावरण बनाउने काम सरकारको हो भने ।

अमेरिकाको सेन्ट्यागो विश्वविद्यालयमा तन्त्रका प्राध्यापक डा.स्थानेश्वर तिमल्सिनाले अरू देशका प्राध्यापकले जति निष्ठाले त्यसअनुरुपको शिक्षण प्रणालीको विकास हुने क्रम कम हुँदै जाँदा नेपालमा संस्कृतलगायत समग्र शिक्षाकै स्तर खस्किएकोतर्फ सरोकारवाला निकायको ध्यान जानुपर्ने बताए ।

संयुक्त राष्ट्र संघका लागि पूर्वस्थायी प्रतिनिधि डा.जयराज आचार्यले नेपालमा योग र आयुर्वेद अध्यापनका लागि उपयुक्त केन्द्रको स्थापना हुनुपर्नेमा जोड दिए । विवेकानन्द सांस्कृतिक संस्थानका निर्देशक प्रा डा.केदारनाथ शर्माले संस्कृतको विकासका लागि अध्ययन अनुसन्धान केन्द्रको स्थापना गरिनुपर्ने बताए ।

दोस्रो दिनको कार्यक्रममा प्रा डा.माधव भट्टराईले ‘नेपाल–भारतको चिन्तन प्रणालीमा संस्कृतको प्रभाव’, प्रा भीमप्रसाद खतिवडाले ‘संस्कृत नाटक लेखन परम्परा’, प्रा डा.साम्बराज आचार्यले ‘नेपालको ज्योतिष परम्परा’, आमोदवद्र्धन कौडिन्न्यायनले ‘संस्कृतमा योग र आयुर्वेद परम्परा’ लगायत विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

बिहीबारसम्म चल्ने गोष्ठीमा नेपाल र भारतका गरी ५०० भन्दा बढी विद्वान्को सहभागिता छ । कार्यक्रममा उठेका विषयवस्तुलाई समाहित गरी घोषणापत्र जारी गरिने जनाइएको छ । कार्यक्रममा वासुदेवकृष्ण शास्त्रीले फागु पूर्णिमाको महत्वका बारेमा प्रकाश पारेका थिए ।