१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडा कार्यालय भवन निर्माण

अ+ अ-

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा वडा कार्यालय भवन निर्माण भएको छ ।

तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयले जिल्ला प्राविधिक कार्यालयमार्फत आर्थिक वर्ष २०७३/७४ मा निर्माण शुरु गरेको भवन मन्त्रालय खारेज भएपछि बजेट अभावमा अलपत्र थियो ।

गाउँपालिकाबाट बजेट व्यवस्थापन गरेर अलपत्र अवस्थामा रहेको भवन निर्माण कार्यलाई पूर्णता दिइएको वडाध्यक्ष कृष्णप्रसाद बरुवालले जानकारी दिए ।

एक वटा सभाहलसहित ५ वटा कोठा भएको एकतले भवनलाई पूर्णता दिन गाउँपालिकाले चालू आर्थिक वर्षमा रु १५ लाख बजेट विनियोजन गरेको थियो ।

वडाध्यक्ष बरुवालले अलपत्र परेको भवनलाई पूर्णता दिएर वडा कार्यालय सञ्चालन गरेको बताए ।

विसं २०७३ असार ३० गते भगवती मालिका कन्ट्रक्सनसँग रु ३८ लाख ५० जार ८१८ मा ठेक्का सम्झौता भएको भवनको जग बसालेर वरिपरि पर्खाल लगाउने काम गरिएपनि पहिलो तलाको ढलानसमेत भएको थिएन ।

गाउँपालिकाको सहयोगमा ढलाल, अधुरो पर्खाल निर्माण, रङ्गरोगन, फर्निचर, विद्युत्, पानी जडान लगायतका काम गरिएको उपभोक्ता समितिका अध्यक्ष शिवध्वज खड्काले बताए । वडा कार्यालय भवन योजनालाई अन्नपूर्ण गाउँपालिकाले घारको गौरवको योजना मानेको छ ।

यसअघि साँघुरो र पुरानो भवनको एउटा कोठाबाट भवन सञ्चालन गरिएको थियो । वडा कार्यालय सञ्चालन भएको एकतले पुरानो टिनको छाप्रोबाट घार स्वास्थ्य चौकी र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को कार्यालयसमेत सञ्चालनमा थियो ।

साँघुरो भवनबाट तीन कार्यालयको सेवा प्रवाह गर्दा समस्या उत्पन्न भएको थियो । घारमा बनेको वडा कार्यालय भवन स्थानीय तहले म्याग्दीमा पहिलो पटक पालिका र वडाका लागि बनाएको संरचना हो ।

तत्कालीन शान्ति मन्त्रालयको सहयोगमा अन्नपूर्ण गाउँपालिकाकै वडा नं ७ को साविक हिस्तान गाविस भवन, धौलागिरि गाउँपालिका–७ ताकमको वडा कार्यालय भवनसमेत अलपत्र परेका छन् ।

ताकमको वडा भवनका लागि जग खन्नेमात्र काम भएको छ भने २०७३ असोजमा सम्पन्न गर्ने लक्ष्य राखिएको साविक हिस्तान गाविसको भवन निर्माण योजनाको काम अहिलेसम्म शुरु भएको छैन ।

ठेकेदारले अधकल्चो बनाएर छाडेको अन्नपूर्ण गाउँपालिका–५ शिखको साविक गाविस भवन गाउँपालिकाले बजेट व्यवस्थापन गरेर पूर्णता दिन लागिएको वडाध्यक्ष दिनेश तिलिजाले बताए ।

प्रतिक्रिया दिनुहोस