९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफ्नो गाउँ आफै बनाउँ : प्रजिअ सुबेदी

अ+ अ-

डोटी । डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले आफ्नो गाउँ आफै बनाउन जोड दिएका छन् ।

नेपाल प्रहरीले देशभरमा संचालनमा ल्याएको समुदाय प्रहरी साझेदारी अभियान कार्यक्रम अन्तर्गत सामुदायीक प्रहरी सेवा केन्द्रले शुक्रबार पूर्वीचौकी गाउँपालिका वडा नम्बर –५काँडामाण्डौमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रजिअ सुबेदीले आफ्नो गाउँ आफैले बनाए मात्र सम्पन्नता सम्भव रहेको बताए ।

प्रहरी प्रशासनले समय–समयमा विभिन्न कार्यक्रम तथा अभियानहरु मार्फत लैंगिक हिंसा, छाउपडीको अन्य, बालबिबाहकोे अन्त्य, अपराधिक गतिविधिको अन्य गरी शान्त समाज निमार्णमा अहम् भूमिका रहेको प्रजिअ सुबेदीले बताए ।

सहभागिलाई लक्षित गर्दै उनले भने, ‘आफ्नो गाउँ बनाउने जिम्मा तपाईहरुकैै हो । बाहिरबाट आएर तपाईको गाउँ बनाउँदैन बाहिरबाट आउने जो कोहीले त जनचेतना दिने हो, गर्ने उपाय सिकाउने हो, बाटो देखाउने काम मात्र हो, कार्यान्वयन गर्ने तपाईहरुले हो ।

जतिबेलासम्म तपाईहरु सिकेका कुराहरु ब्यवहारमा लागु गर्नुहुन्न तबसम्म समाज परिवर्तन सम्भव छैन् उनको भनाई थियो ।

सामाजिक कूप्रथाको रुपमा छाउपडी अली बढी समस्याको रुपमा रहेको भन्दै यसको अन्यका लागि पनि योजनासहित अगाडढ बढ्नु पर्ने प्रजिअ सुवेदीले बताए ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमले समाजमा हुने अपराधिक गतिविधि न्यूनीकरणमा सहयोग पुग्दै आएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताए । उनले भने, ‘हाम्रो अभियान जिल्लाभरी निरन्तर जारी छ, अभियानमार्फत आफूहरुले महिला हिंसा, बाल विवाह, लैङ्गिक हिंसा, छाउपडी प्रथालगायतका विषयमा जनचेतना जगाउँदै आएका छौं ।’

यस अभियानका अभियानकर्ता बर्दीबिनाका प्रहरी रहेको बताउँदै प्रहरीले अभियानकै दौरानमा प्रहरी प्रशासन लगायतका महत्वपूर्ण निकायहरुका नम्बरहरु पनि बितरण गर्दै आईरहेको समेत उपरीक्षक माझिले बताए ।

समुदायमा हुने अपराधिक गतिविधिलाई न्यूनीकरण गर्न सहयोग पुगोस् भन्ने हेतुले नै जनताको घरदैलोमा गएर विभिन्न कार्यक्रमहरु गर्दै आईरहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक लाल बहादुर धामीको भनाई छ । ‘समाजमा शान्ति स्थापना गर्न, घरेलु हिँसा महिला हिंसालगायतका विकृति विसंगतिहरुको अन्त्यका लागि समुदाय, विद्यालय सँगै मिलेर जनचेतनामुलक कार्यक्रमहरु गर्छौ, धामीले भने, यस अभियानलाई सफल पार्न सबैको जिम्मेवारी हो ।’

चेतनामुलक अभियान संचालन गर्दा सामाजिक परिवर्तमा सहयोग पुग्ने पूर्विचौकी गाउँपालिकाका अध्यक्ष दीर्घ बोगटीको भनाई छ । ‘हाम्रो समाजमा रहेका केही त्यस्ता सामाजिक कूरुतिका कारण हामीले जिल्ला बाहिर जाँदा शिर निहुराउनु पर्ने अवस्था आएको छ बोगटीले भने, कानुनले बन्चित गरिएका छाउपडी कुप्रथा जस्ता कुराहरुलाई पनि हाम्रो समाजले अनुसरण गर्दै आईरहेकोले यसको अन्यका लागि हामी लागि परेका छौँ ।’

चेतना अभिवृद्धी गर्ने कुरा एकै पटक सम्भव नरहेकोले विस्तारै हट्दै जाने समेत उनले बताए ।

समाजमा रहेका विकृति बिसंगतिको अन्य गर्नका साथै सभ्य र शान्त समुदाय स्थापना गर्नका लागि समुदाय र विद्यालयहरुका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको सामुदायीक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष शिद्धराज जोशीले बताए । उनले भने, ‘प्रहरी र हामी मिलेर सभ्य समाज निमार्णमा लागेका छौँ, स्थानीय सरकारले पनि सहयोग गरेको छ, सबैले सहयोग गर्नुपर्छ सबैको सहयोग भए अभियानलाई निरन्तरता दिन सकिन्छ ।

समाजमा हुने गरेका लैंगिक हिंसा, घरेलु हिंसा, सामाजिक विकृति विसंगतिको अन्य अपाराधिक गतिविधिलाई न्यूनिकरण गरी समुदायसँगको साझेदारीमा सभ्य समाज निमार्ण गर्ने उद्देश्यका साथ संचालनमा रहेकोे सामुदायीक प्रहरी सेवा केन्द्र डोटीका प्रहरी सहायक निरीक्षक राम नाथले बताए ।

प्रहरीले नागरिकलाई अपराधीक घटना, प्रकोप जन्य घटना, कुनै दुर्घटना भईहाले छीटो भन्दा छीटो सम्पर्क गर्न टोलटोल, क्याम्पस, विद्यालयहरुमा पनि फोन नम्बरहरु बाँड्दै जानकारी गराउँदै आएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, रुद्रध्वज गणका प्रमुख सेनानी रत्नकेशर खड्का, सशस्त्र प्रहरीबल दिपायलका प्रहरी उपरीक्षक प्रदीप कुमार पाल, प्रहरी नायब उपरीक्षक लाल बहादुर धामी, पत्रकार, सामुदायीक प्रहरी सेवा केन्द्रका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस