काठमाडौं । बारा र पर्सामा आएको हावाहुरीबाट घाइते भएकामध्ये ३ सय ४३ जना घर फर्किसकेका छन् । घाइते भएका ६ सय १२ जना मध्ये ३ सय ४३ जना उपचारपछि घर फर्किसकेको गृहमन्त्रालयले जनाएको छ ।
आज बिहानै राहत सामाग्रीसहित नेपाल प्रहरीको टोली बारा र पर्सा पुगेको जनाइएको छ ।
यस्तै काठमाडौंबाट एक मेडिकल टोलीसहित ४ सय ६८ थान त्रिपाल र ४ हजार १ सय ३८ थान कपडा लिएर बिहान ५ बजे बारा पुगेका छन् ।
स्थानीय स्तरबाट राहत र उद्धारका काम भइरहेको छ । घाइते सम्पूर्णको निःशल्क उपचार गरिने मन्त्रालयले जनाएको छ ।







