वीरगंज । बाराका हावाहुरी पीडितलाई ओम शिवशक्ति बचत तथा ऋण सहकारी संस्थाले राहत वितरण गरेको छ ।
संस्थाले भीषण हावाहुरी प्रभावित फेटा गाउँपालिकाको भलुवही, भरवलिया र चैनपुरमा बुधबार राहत वितरण गरेको हो ।
पीडितहरुलाई अण्डा, पाउरोटी, विस्कुट, फ्रुटी, चाउचाउ लगाएतका आद्यान्न सामग्रीवितरण गरीएको ओम शिवशक्ति वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अरुण साहले बताए ।
अध्यक्ष साहको नेतृत्वमा गएको टोलीले बाराका विभिन्न प्रभावित क्षेत्रहरुमा घरदैलो गर्दै लगभग आठ सय परिवारलाई राहत तथा खाद्यान्न सामग्री वितरण गरेको छ ।