२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिथिलाञ्चलमा आजदेखि चैतीछठ शुरु

अ+ अ-

वीरगञ्ज । मिथिलाञ्चलमा प्रत्येक वर्ष चैत तृतीया तिथिदेखि शुरु हुने चैतीछठ आजदेखि विधिवतरूपमा शुरु भएको छ ।

लोक आस्थाको पर्वको रुपमा रहेको चैतीछठ पर्वको आज पहिलो दिन व्रती महिलाले माछा, कोदो खान बन्द गर्ने र लसुन, प्याज बार्ने गर्छन् । दोस्रो दिन यो पर्व विधिवतरूपमा प्रारम्भ हुन्छ । सो दिनलाई नहाय खाय भनिन्छ । चैत २७ गतेको दिन खरना विधि अपनाइन्छ भने २८ गते साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने परम्परा रहेको छ । सो दिनलाई पारन भनिन्छ र भोलिपल्ट उदाउँदो सूर्यलाई अघ्र्य दिएर चैतीछठ सम्पन्न गरिने परम्परा रहेको छ ।

चार दिनसम्म विधिवतरूपमा मनाइने यो पर्वको पहिलो दिन तृतीया तिथिलाई अरवा अरवाइन भन्ने गरिन्छ । व्रती महिलाबाट सो दिन भोजनमा माछामासु, लसुनप्याज, कोदो, मसुरोजस्ता वस्तुहरु परित्याग गरी यसै दिनदेखि व्रत बस्न शुरु गरिनछ । पर्वको दोस्रो दिन अर्थात् चतुर्थीको दिनलाई खरना अर्थात् पापको क्षयको रूपमा लिइन्छ । गाईको गोबरले लिपपोत गरी अरवा चामलको पिठोबाट तयार पारेको झोलले भूमि सुशोभित गरेर व्रती महिलाले यो दिन दिनभरि निर्जला व्रत बस्ने गर्दछन् । राति चन्द्रोदयपछि चन्द्रमालाई खीर चढाई सो खीर प्रसादको रूपमा ग्रहण गर्ने गरिन्छ । यस दिनदेखि व्रती महिला पूर्णव्रत लिनुपर्ने परम्परा रहेको व्रती महिला सुधा कर्णको भनाइ छ ।

व्रतको तेस्रो दिन पञ्चमी तिथिका दिन गहुँ र चामललाई ओखल, जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट बनेको पिठोबाट विभिन्न प्रकारको प्रसाद बनाइन्छ । सोही दिन विभिन्न प्रकारको प्रसादसहित नजिकको पोखरी, तलाउमा गएर सूर्य देवतालाई सन्ध्या अघ्र्य दिइन्छ । भोलिपल्ट पर्वको अन्तिम दिनलाई पारन भन्ने गरिन्छ । षष्ठीको दिन एकाबिहानै सूर्य देवतालाई बिहानीको अघ्र्य दिएर यो पर्व सम्पन्न गरिन्छ ।

महाभारतअनुसार द्रौपदीसहित पाण्डव गुप्तबासमा रहँदा उक्त गुप्तबास सफल होस् भनी सूर्य देवतालाई आराधना गरेको पाइन्छ । त्यस्तै सूर्य पुराणअनुसार अनसूयाले छठव्रत बस्दा उनको अटल शौभाग्य र मनोकांक्षा पूरा भएपछि छठपर्व गर्ने परम्परा शुरु भएको मान्यता रहिआएको छ । शाम्ब पुराणअनुसार आफ्नै पिता भगवान् कृष्ण तथा महर्षि दुर्वासा ऋषिको सरापबाट कुष्ठरोगपीडित शाम्बले सूर्यको आराधना गरेपछि सो रोगबाट मुक्त भएको भनाइ रहेको छ । भनिन्छ सातौँ शताब्दीमा सरापबाट पीडित प्रसिद्ध कवि मधुर भट्टले सूर्यको उपासना गरेपछि मुक्ति पाएका थिए ।

छठपर्व मनाउनुको पछाडि वैज्ञानिक र ज्योतिष मान्यता रहिआएको छ । यो पर्व गर्दा दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । मिथिला क्षेत्रमा यो पर्वको तयारी एक महीना पहिलेदेखि गर्न थालिन्छ । पहिले–पहिले चैतीछठ मानिसले नगण्यमात्रामा मनाउने गर्दथे तर पछिल्ला वर्षमा चैतीछठ गर्नेहरुको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । रासस