१५ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढी: पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

अ+ अ-

कास्की । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु भई विभिन्न स्थानबाट फेला परेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएकामध्ये आजसम्म १५ वटा शव पहिचान गरी आफन्तले बुझेका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालका अनुसार शवको पहिचान, कानुनी प्रक्रिया तथा पोस्टमार्टम सम्पन्न भएपछि आफन्तलाई बुझाइएको हो । आफन्तले बुझेका शवमध्ये १४ पुरुष र एक महिला रहेका उनले जानकारी दिए ।

चितवनका ३६ वर्षीय सत्य सुन्दर प्रजापति, अर्घाखाँचीका ४५ वर्षीय नारायणबहादुर थापा, मकवानपुरका ३६ वर्षीय उद्धव खड्का, नवलपरासी पश्चिमका ३७ वर्षीय यादव भण्डारी, इलामका ३८ वर्षीय दीपक भनिने दिवानन्द सुवेदी र धादिङ घर भई काठमाडौँ बस्दै आएका ४२ वर्षीय सञ्जोग घर्तीमगरको शव पहिचानपछि आफन्तलाई हस्तान्तरण गरिएको सहायक प्रजिअ बरालले जानकारी दिए ।

यसैगरी नुवाकोटकी ५६ वर्षीया शारदा ढकाल, गोरखाका ५५ वर्षीय यमबहादुर थापा, पाल्पा घर भई रसुवाको इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत प्रहरी सहायक हवल्दार ३४ वर्षीय दीपेन्द्र विष्ट, नुवाकोटका पाँच वर्षीय प्रतिन्स तामाङ, रसुवाका प्रभास भनिने पुरुषोत्तम रैला, सप्तरीका २८ वर्षीय सन्तोष चौधरी, काभ्रेपलाञ्चोकका ४६ वर्षीय डिकबहादुर कायस्थ, गोरखाका ४० वर्षीय केदार पण्डित र काठमाडौँका ३४ वर्षीय राजु सुनारको शव आफन्तले बुझेका उनले जानकारी दिए ।

भोटेकोशी बाढीपछि धादिङ, गोरखा, तनहुँ र नवलपरासीका विभिन्न स्थानमा फेला परेका १०२ शवलाई पहिचान तथा कानुनी प्रक्रियाका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो । मृतकको पहिचान खुलेसँगै पोस्टमार्टम सम्पन्न गरी सम्बन्धित परिवारजनलाई शव जिम्मा लगाइएको प्रशासनले जनाएको छ ।

बाढीमा बगेका व्यक्तिका शव पोखरामा ल्याइएपछि सम्पर्कविहीन भएका व्यक्तिका आफन्तहरू यहाँ आएर प्रतिष्ठानमा शव पहिचानका लागि स्क्रिनमा तस्बिर हेर्ने व्यवस्था मिलाइएको छ । प्रतिष्ठानमा ल्याइका शवमध्येमा हालसम्म ५७ वटाको पोष्टमार्टम सकिएको अस्पताल प्रशासनले जनाएको छ । 

0 Comments