२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणहिटीका बहुमूल्य आखेटोपहार कुहिँदै

अ+ अ-

काठमाडौं । नारायणहिटी सङ्ग्रालयमा संरक्षण अभावमा बहुमूल्य जनावरका आखेटोपहार(छाला)कुहिन थालेका छन् । सङ्ग्रालयको फरासखानामा रहेका प्रतिबन्धित ती छाला कुहिएर गन्हाउने अवस्थामा पुगेका छन् ।

विसं २०६५ यता ती बहुमूल्य जनावरका छाला प्रयोगविहीन भएपछि संरक्षणको अभावमा कुहिन थालेका हुन् । सङ्ग्रालयभित्रकै एउटा घरमा बाघ, मृग, जरायो, चित्तल, भालु, गैँडालगायतका जनावारका बहुमूल्य छाला त्यतिकै राखिएका छन् ।

छालालाई नकुहिने गरी ‘ट्याक्सीडर्मी’ विधिमार्फत ती बहुमूल्य छालालाई संरक्षण गर्न सकिने भए पनि उक्त विधि अपनाइएको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च पदाधिकारी सङ्ग्रालयको पटक पटक अवलोकन गर्न आउँदा आखेटोपहार कुहिएको अवस्था देख्ने गर्दछन् र ती आखेटोपहारलाई संरक्षणका लागि आश्वासन दिने गरेता पनि संरक्षणको लागि कुनै पहल गरिएको छैन ।

सङ्ग्रालय भित्रको एउटा टहरामा ती आखेटोपहार त्यतिकै खाटमा थन्काएर राखिएको अवस्थामा छन् । तत्कालीन राजाहरुका विभिन्न कार्यक्रममा ती जनावरका छालालाई प्रयोगमा ल्याइएपनि अहिले प्रयोगमा छैनन् । ती छाला राजा महेन्द्र, वीरेन्द्र, तत्कालीन युवराज दीपेन्द्रले शिकार खेल्दा मारेका जनावर र विभिन्न विशिष्ट व्यक्तिले उपहार दिएका हुन् ।

सङ्ग्रालयहका प्रमुख अद्धेतप्रकाश श्रेष्ठले बहुमूल्य आखेटोपहार प्रयोग नभएपछि संरक्षणको अभावमा कुहिन थालेका बताए । ‘पहिले पहिले राजाका पालामा ती छाला प्रयोग हुन्थ्ये र संरक्षण भएको थियो, तर अहिले प्रयोगै नगरिकन एकै ठाउँमा राख्दा ती कुहिन थालेका छन’, उनले भने, ‘धेरै वहुमुल्य आखेटोपहार कुहिएर नष्ट भएका छन्, अहिले पनि सरकारले चासो दिए केही छालालाई संरक्षण गर्न सकिन्छ ।’

उनले ती छाला संरक्षण गर्नका लागि प्राविधिक नभएकोले समस्या भएको बताए । ‘अहिले खोजेर पनि नपाइने दुर्लभ वन्यजन्तुका छाला सङ्ग्रालयमा कुहिने अवस्था छन्’, उनले भने, ‘हामीले संरक्षणका लागि पटकपटक सरकारसँग आग्रह गरेका छौँ, तर अहिलेसम्म पहल भएको छैन ।’ यसैगरी राजसंस्था हुँदा प्रयोग गरिने अन्य सामग्रीको समेत संरक्षण हुन सकेको छैन । राजसंस्था हुँदा प्रयोग हुने टेन्टका सामग्रीसमेत त्यत्तिकै राखिएका छन् ।

सङ्ग्रालयमा सबै प्रशासन क्षेत्रका कर्मचारी रहेकाले ती पुरातत्वका विशेष महत्वका सामग्री कसरी व्यवस्थित रुपमा राख्ने जानकारी छैन । सङ्ग्रालयमा रहेका कर्मचारीले सामग्रीलाई हप्तामा एक पटक सफा गर्ने गर्दछन् ।

यसरी सफा गर्दा ती सामग्री खुइलिँदै जाने गरेका छन् । ती सामग्रीमा रसायन प्रयोग गर्दा सामग्रीसमेत पहिल्यैकै जस्तो देखिने गरी राख्न सकिने विधि अवलम्बन गरिएको छैन । प्रमुख श्रेष्ठले पुरातत्वविद भएका भए ती महत्वपूर्ण सामग्रीलाई सुरक्षित तरिका राख्न सकिने बताए।

पुरातत्वविद नहुँदा राजसंस्थाले प्रयोग गर्ने ती सामग्रीलाई व्यवस्थित रुपमा संरक्षण गर्न नसकिएको सङ्ग्रालयका शाखा अधिकृत अर्चना खड्काले जानकारी दिए । सङ्ग्रालयभित्र रहेका राजाका चित्र, विभिन्न विशिष्ट पाहुनाले राजालाई दिएका उपहार स्वरुपका चित्रकला, गलैँचा, कुर्सी, टेबल जस्ता सामग्रीको उचित संरक्षण हुन सकेको छैन ।

यसरी सफा गर्दा ती सामग्री राम्रो देखिएपनि खुइलिँदै गएका छन् । ‘सामग्रीलाई सुरक्षित राख्नका लागि विभिन्न रसायन प्रयोग गर्नुपर्ने हो’, उनले भने, ‘तर हामीसँग कुन सामग्रीमा कस्तो रसायन प्रयोग गर्ने कुनै तरिका थाहा छैन, हामीले आफै कुनै रसायन हाल्दा ती सामग्रीको सौन्दर्य उड्ने डर हुन्छ, त्यसैले हामीले केही प्रयोग नगरी सफा गरेर मात्र राख्ने गरेका छौँ ।’