१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बोगटानमा बृहत स्वास्थ्य शिविरको आयोजना गरिदै

अ+ अ-

डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ७ चमराचौतारामा एकिकृत बृहत स्वास्थ्य शिविरको आयोजना गरिने भएको छ ।

स्वास्थ्य निर्देशननालय राजपुर डोटीको आयोजना बोगटन फुड्सिल गाउँपालिकाको ब्यवस्थापन तथा नेपालगञ्ज मेडिकल कलेज कोहलपुर, हिमाल डेन्टल हस्पिटल धनगढी तथा गेटा आखाँ अस्पतालको प्राबिधीक सहयोगमा बैशाख ४ र ५ गते निशुल्क बृहत स्वास्थ्य शिविरको आयोजना गरिन लागिएको हो ।

आर्थिक अभावका कारण उपचार गर्न नसकि रोगलाई पाल्न बाध्य भएकाहरुलाई घरदैलोमै निशुल्क सेवा लिन सहयोग पुगोस भन्ने हेतुले बृहत स्वास्थ्य शिविरको आयोजन गर्न लागिएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल गडसिलाले बताए ।

उनले भने मान्छेको सबै भन्दा ठुलो कुरा स्वास्थ्य हो आफ्नो स्वास्थ्य अवस्था ठीक छैन भने कसरी काम गर्न सकिन्छ त्यसैले स्वास्थ्य अवस्था ठिकहुनु पर्छ ’ सबै नागरिकले निशुल्क गुणस्तरीय सेवा लिउन भन्नाको लागि शिविरको आयोजना गरिने भएको हो ।

शिविरमा सहभागि भई सम्पूण रोगका विरामीहरुलाई सेवा लिई मौकाको फाईदा उठाउन हुन समेत अध्यक्ष गडसिलाले आग्रह गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले दुर्गम क्षेत्रमा स्वास्थ्य अभियान संचालन गर्ने कार्यक्रम अन्र्तगत शिबिरको आयोजना गर्न लागिएको स्वास्थ्य निर्देशनालय राजपुरका जनस्वास्थ्य अधिकृत रमेश मलासीले बताए ।

२ दिन सम्म संचालन हुने शिविरमा महिलाको पाठेघर तल्लोपेटको समस्याको उपचार, दाँतका सम्पूर्ण रोगको उपचार, गर्भवतीमहिलाहरुका लागि भिडीयो एक्सरे, आखा चेकजाचँ का साथै आखाँको अप्रेशन र सम्पूर्ण रोगको चेकजाच गरिने समेत अधिकृत मलासीले बताए ।

शिविर आयोजना स्थलमा आवश्यक बसोबास, प्रचार प्रसार लगाएतका तयारी भईरहेको बोगटान फुड्सिल गाउँपालिका स्वास्थ्य इकाई प्रमुख गणेश भण्डारीले जानकारी दिए ।

उनले भने ‘ शिविरको लागि विभिन्न ठाउँबाट बिभीन्न रोगका करीब २५ देखि ३० जना चिकीत्सक तथा स्वास्थ्य कर्मिको टोली आउदैछ सबैरोगको उपचार गरिनेछ गाउँपालिकाको तर्फबाट गर्नुपर्ने सम्पूण तयारी बैशाख ३ गते सम्म पुरा गरिसक्यौ सेवाग्राहीले सेवा दिन आउनु पर्‍यो । ’

डोटी जिल्लाको ग्रामीण भेगमा यति ठुलो विशेषज्ञ चिकीत्सक टोली सहभागि भई संचालन हुन लागेको यो दोस्रो बृहत स्वास्थ्य शिविर हो ।

यो भन्दा पहिले बडीकेदार गाउँपालिकाकामा निशुल्क बृहत स्वास्थ्य शिविर संचालन भएको थियो । शिविरबाट डोटी, अछाम र डडेलधुराका हजारौ सेवाग्राहीहरुले सेवा उपभोग गर्न सक्नेछन् । शिविरमा सहभागि भई शिशुल्क सेवा लिन बोगटान फुड्सिल गाउँपालिकाले सबैलाई आग्रह समेत गरेको छ ।