२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रथम राष्ट्रिय परिचयपत्र वाहकको निधन

अ+ अ-

फिदिम । नेपालमै पहिलो पटक राष्ट्रिय परिचयपत्र प्राप्त गरेकी पाँचथरको फिदिम नगरपालिका– ४ शान्तिपुरकी वयोवृद्धा भगवतीदेवी भण्डारीको निधन भएको छ ।

दमबाट ग्रसित १०२ वर्षीया भण्डारीको शुक्रबार निधन भएको उनका आफन्त सूर्य अधिकारीले जानकारी दिए। उनको शुक्रबार नै फिदिम स्थित हेँवा घाटमा दाहसंस्कार समेत गरिएको छ ।

नेपालमै पहिलो पटक गत मङ्सिर ३ गते गृहमन्त्री रामबहादुर थापाले भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ गरेका थिए । गृहमन्त्री थापाले समेत वयोवृद्धा भण्डारीबाट आफ्नो राष्ट्रिय परिचयपत्र ग्रहण गरेका थिए ।

भण्डारीबाटै राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको शुरुआत समेत गरिएको थियो ।

गत वर्षको असार ५ गते भण्डारीको जैविक तथा वैयक्तिक विवरण सङ्कलन गरेर विवरण सङ्कलन कार्यको सुरुआत भएको थियो । दिवङ्गत भण्डारीका दुई छोरा र एक छोरी छन् ।

पाँचथरमा जिल्ला प्रशासन कार्यालयमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको फिल्ड कार्यालय तथा इलाका प्रशासन कार्यालय रवीबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन तथा राष्ट्रिय परिचयपत्र वितरण कार्य भइरहेको छ ।

जिल्लाका ६० वटै वडामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन शिविर तथा राष्ट्रिय परिचयपत्र वितरण शिविर सञ्चालन भइसकेको फिल्ड कार्यालयले जनाएको छ । नेपाल सरकारले पाँचथरका एक लाख १० हजार नागरिक तथा सिंहदरबारका सात हजार कर्मचारीलाई पहिलो चरणमा राष्ट्रिय परिचयपत्र प्रदान गर्ने लक्ष्यअनुसार कार्य भइरहेको छ ।