२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोरखामा ४९ हजार घरको पुनःनिर्माण सम्पन्न

अ+ अ-

गोरखा । २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पको ४ वर्ष पूरा हुँदा गोरखामा ७५ प्रतिशत निजी आवास पुनःनिर्माणको काम सम्पन्न भएको छ ।

भूकम्पको केन्द्रबिन्दु रहेको गोरखामा लाभग्राहीको सूचीमा परेकामध्ये ४९ हजार ७० लाभग्राहीको निजी आवास निर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार एकाइ गोरखाका प्रमुख रामशरण आचार्यले जानकारी दिए ।

भूकम्पपछि निजी आवास निर्माणका लागि गोरखामा कूल ७१ हजार ५ जना लाभग्राहीको सूचीमा परेका थिए । एकाइका प्रमुख आचार्यका अनुसार जिल्लाका ११ वटा स्थानीय तहमध्ये पुनःनिर्माणमा भूकम्पको केन्द्रबिन्दु रहेको बारपाक सुलीकोट गाउँपालिका सबैभन्दा अघि रहेको छ ।

‘अहिलेसम्मको अवस्था हेर्दा बारपाक सुलीकोट गाउँपालिकामा कूल लाभग्राहीको सूचीमा रहेकामध्ये ८५ प्रतिशत घर पुनःनिर्माण सम्पन्न भएको छ, उनले भने, ‘त्यो जिल्लाका अन्य गाउँपालिकाको तुलनामा सबैभन्दा बढी हो ।’

बारपाक सुलीकोट गाउँपालिकामा सात हजार २०० लाभग्राहीको सूचीमा परेकामा छ हजार १५० को घर निर्माण सम्पन्न भइसकेको छ । त्यस्तै लाभग्राहीमा परेकामध्ये १८० को नाम प्रवलीकरणको सूचीमा परेको थियो ।

जसमध्ये ३६ लाभग्राहीले मात्र घर प्रवलीकरणको काम सम्पन्न गरेका छन् । प्रवलीकरणको सूचीमा परेका लाभग्राहीले पूर्ण क्षतिमा पर्नुपर्ने भन्दै गुनासो दर्ता गरेका प्रवलीकरणमा परेकाको घर पुनःनिर्माण छिटो हुन नसकेको प्रमुख आचार्यको भनाइ छ ।

गोरखाका स्थानीय तहमध्ये निजी आवास पुनःनिर्माणमा गण्डकी गाउँपालिका सबैभन्दा पछाडि रहेको छ । गण्डकी गाउँपालिकामा अहिलेसम्म लाभग्राहीको सूचीमा परेकामध्ये ५२ दशमलव ५५ प्रतिशतमात्र पुनःनिर्माण सम्पन्न भएको प्रमुख आचार्यले जानकारी दिए ।

‘गण्डकी गाउँपालिकामा कूल ५ हजार ६१९ जना लाभग्राही सूचीमा परेको थियो । तीमध्ये २ हजार ९५३ निजी आवास मात्र पुनःनिर्माण सम्पन्न भएको छ’, उनले भने, ‘लाभग्राहीको सूचीमा परेकामध्ये पनि गण्डकी गाउँपालिकामा ४१३ को नाम प्रवलीकरणको सूचीमा रहेका छन् ।’

गोरखा जिल्लामा बारपाक सुलीकोट गाउँपालिकापछि अजिरकोट गाउँपालिका पुनःनिर्माणमा दोस्रो स्थानमा रहेको छ । अजिरकोटमा हालसम्म ८१ प्रतिशत निजी आवास पुनःनिर्माण सम्पन्न भइसकेको उनले जानकारी दिए ।

‘कूल ४ हजार १२६ लाभग्राहीको सूची परेको अजिरकोट गाउँपालिकामा तीन हजार ३७५ ले घर निर्माण सम्पन्न गरिसकेका छन्’, प्रमुख आचार्यले भने, ‘अजिरकोटमा लाभग्राहीको सूचीमा परेकामध्ये ३ हजार ९७ ले पहिलो किस्ता र तीन हजार ८०२ ले दोस्रो किस्ताको रकम लिइसकेको छ ।’

प्रमुख आचार्यका अनुसार निजी आवास पुनःनिर्माणमा जिल्लामा आरुघाट गाउँपालिका तेस्रो स्थानमा रहेको छ । आरुघाट गाउँपालिकमा अहिलेसम्ममा कूल छ हजार ९२४ लाभग्राहीको सूचीमा परेकामध्ये ५ हजार २७५ अर्थात् ७६ दशमलव १८ प्रतिशतले घर निर्माण सम्पन्न गरिसकेका छन् ।

यता जिल्लाको भीमसेन थापा गाउँपालिकामा भने ७३ प्रतिशत निजी आवास निर्माण भइसकेको उनले जानकारी दिए । ‘भीमसेन थापा गाउँपालिकामा ६ हजार ६६७ लाभग्राहीमध्ये चार हजार ९९२ को घर निर्माण भइसकेको छ’, उनले भने ।

यस्तै जिल्लाको गोरखा नगरपालिकामा ७२ दशमलव ४० निजी आवास निर्माणको काम सकिएको छ । गोरखा नगरपालिकामा लाभग्राहीको सूचीमा परेका नौ हजार ५५ मध्ये सात हजार ३५७ घर निर्माण भइसकेको हो ।

सिराचोक गाउँपालिकामा भने अहिलेम्म ६१ दशमलव ६८ प्रतिशत घर निर्माण भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । ‘६ हजार ८३३ लाभग्राहीमा परेकोमा ४ हजार ६७७ घर निर्माण भइसकेको छ’, उनले भने, ‘यहाँ प्रवलीकरणमा परेका ९१३ ले पूर्ण लाभग्राहीका लागि गुनासो दर्ता गराएकाले कमी हुन आएको हो ।’

गोरखामा सिरानचोक गाउँपालिकालाई पुनःनिर्माणमा धार्चे गाउँपालिकाले पछ्याइरहेको छ । कूल ४ हजार १६९ लाभग्राही रहेको धार्चेमा ६७ प्रतिशतअर्थात् २ हजार ७९९ ले घर बनाइसकेका छन् ।

त्यस्तै निजी आवास पुनःनिर्माणमा जिल्लामा आठौँ स्थानमा रहेको शहीद लखन गाउँपालिकामा ६४ दशमलव ८६ प्रतिशत निजी आवास निर्माण सम्पन्न भएको एकाइ प्रमुख आचार्यले जानकारी दिए । शहीद लखन गाउँपालिकामा ७ हजार ६५ लाभग्राहीमध्ये चार हजार ५८३ ले घर बनाइसकेका हुन् ।

जिल्लाको विकट उत्तरी क्षेत्रमा पर्ने चुमनुव्री गाउँपालिकाभित्रसमेत ६३ प्रतिशत निजी आवास पुनःनिर्माण भइसकेको छ । सडक सञ्जालको राम्रो पहुँच नपुगेको चुमनुव्री गाउँपालिकामा रहेका २ हजार २७५ लाभग्राहीमध्ये एक हजार ४४९ ले घर निर्माण गरिसकेका हुन् ।

गोरखा जिल्लामा रहेका दुई मात्र नगरपालिकामध्ये पालुङटार नगरपालिका पनि पुनःनिर्माणमा सन्तोषजनक प्रगति हासिल गर्न सकेको छैन । अहिलेसम्म पालुङटार नगरपालिकामा ५५ दशमलव ७२ प्रतिशत मात्र घर निर्माण भएको आचार्यले जानकारी दिए ।

हालसम्म जिल्लाभर पहिलो किस्ताको रकम बुझ्ने लाभग्राहीको सङ्ख्या ६४ हजार ७०३, दोस्रो किस्ता अनुदान रकम बुझ्नेको सङ्ख्या ५७ हजार ९०८ रहेको एकाइले जनाएको छ । रासस