२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन व्यवसायबाट देश समृद्ध हुन्छ : गृहमन्त्री थापा

अ+ अ-

पशुपतिनगर । गृहमन्त्री रामबहादूर थापाले पर्यटकीय क्षेत्रको प्रवर्द्धन गरी देश समृद्ध बनाउन सरकार क्रियाशिल रहेको बताएका छन् ।

भारतसँग सीमा जोडिएको इलामको पशुपतिनगर सीमा नाकामा स्थापना भएको अध्यागमन कार्यालयको उद्घाटन गर्दै उनले हिमश्रङ्खला, नदी खोला, ताल र प्रकृतिमा रम्न आउने पर्यटकलाई सजिलोका लागि संरचना थप्ने काम भइरहेको बताए ।

उनले विश्वका धेरै देश पर्यटनकै माध्यमबाट धनी भएकाले सरकारले नेपालमा धेरै पर्यटक भित्र्याउन सीमा क्षेत्रमा आवश्यक संरचना तयार गरिरेहेको जानकारी गराए ।

भारतको पश्चिम बंगालस्थित दार्जिलिङ्ग आउने तेस्रो मुलुकका पर्यटकलाई लक्षित गरि पशुपतिनगरमा अध्यागमन कार्यालय स्थापना गरिएको उल्लेख गर्दै उनले भारत सरकारलाई पनि आफ्नो क्षेत्रमा कार्यालय खोल्नका लागि कुटनीतिक पहल गरिएको बताए ।

कार्यक्रममा अध्यागमन कार्यालयका महानिर्देशक ईश्वरीप्रसाद पौडेलले सरकारले ल्याएको पर्यटन वर्ष–२०२० को लक्ष्य गरी अध्यागमन कार्यालय स्थापना गरिएको जानकारी गराए ।

सूर्योदय नगरपालिकाका प्रमुख रणबहादूर राईले प्रदेश सरकारले पर्यटकीय नगर घोषणा गरेको अध्यागन स्थापनापछि भुटान, बङ्गलादेशका पर्यटकलाई सेवा पुग्ने बताए।