सभामुख कृष्णबहादुर महराले सभामुख र उपसभामुखको अनुपस्थितिमा संसद बैठकको अध्यक्षता गर्ने सदस्य मनोनयन गरेका हुन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख महराले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यको मनोनयन गरेका हुन् ।
प्रतिनिधिसभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्न मनोनयन गरिएका सदस्यहरुमा उमाशङ्कर अर्गरिया, डा.डीला सङ्ग्रौला, चन्द्रकान्त चौधरी, मानवबहादुर विश्वकर्मा, राधा ज्ञवाली, सोमप्रसाद पाण्डे र रेखा शर्मा छिन् ।