२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोक सेवा तयारी : बेरुजु फर्छ्यौट प्रक्रिया

अ+ अ-

रुजु गर्दा नमिलेको, रुजु नगरिएको वा नभएको आर्थिक कारोबारलाई बेरुजु भनिन्छ । प्रचलित कानुन बमोजिम पुर्‍याउनु पर्ने रीत नपुर्‍याई कारोबार गरेको वा राख्नु पर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिव तरिकाले आर्थिक कारोबार गरेको भनी लेखा परीक्षण गर्दा औँल्याइएको वा ठहर्‍याईएको कारोबार नै बेरुजु हो ।

महालेखा परीक्षकले लेखापरीक्षणका क्रममा औँल्याइएका बेरुजु फर्छयौट गर्ने प्रक्रियालाई आर्थिक कार्यविधि ऐन, २०५५ को परिच्छेद ५ र आर्थिक कार्यविधि नियमावली, २०६४ को परिच्छेद ११ मा व्यवस्था गरिएको छ । सोही व्यवस्था बमोजिम बेरुजु फर्छयौटको प्रक्रियालाई निम्नानुसार उल्लेख गर्न सकिन्छ:

 लेखापरीक्षणबाट औँल्याइएको बेरुजु सम्बन्धमा प्रमाण पेस गरी वा नियमित गरी वा असुल उपर गरी फर्छयौट गर्ने दायित्व जिम्मेवार पदाधिकारीको हुनेछ ।
 बेरुजु फर्छयौट गर्न लगाउने दायित्व लेखा उत्तरदायी अधिकृतको हुनेछ ।
 म.ले.प. कार्यालयबाट औँल्याइएको बेरुजु सूचना प्राप्त भएको मितिले ३५ दिनभित्र फर्छयौट गरी सम्परीक्षण गराउनु पर्छ ।
 केन्द्रीय स्तर र कार्य सञ्चालनस्तरता बेरुजु तथा असुल उपर गर्नुपर्ने रकमको लगत तयार गरी राख्नु पर्दछ ।
 नियमित हुने प्रकृतिका बेरुजु लाई आवश्यक कागजात तथा प्रक्रिया पुर्‍याई फर्छयौट गर्नुपर्छ ।
 असुलउपर गर्नुपर्ने बेरुजु रकम सम्बन्धित पक्षबाट असुल उपर गरी राजस्व खातामा दाखिला गराई बेरुजु फर्छ्यौट गर्नुपर्दछ ।
 कर राजश्व सम्बन्धी बेरुजु सम्बन्धित कर राजश्व शीर्षकमा नै दाखिला गर्नुपर्दछ । अन्य राजश्व बेरुजु को हकमा जुन शीर्षकमा बेरुजु कायम भएको भएता पनि क १६ बेरुजु (१५११२) मा जम्मा गर्नुपर्दछ ।
 असुल हुन नसकेका बेरुजु आ.का. ऐन, नियमले तोकेको प्रक्रिया पूरा गरी कुमारी चोक तथा केन्द्रीय तहशील कार्यालयमा लगत कस्न पठाउनुपर्दछ । लगत कसेको जानकारी प्राप्त भएपछि बेरुजु को लगतबाट हटाउनुपर्छ ।