११ मंसिर २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनकोशी-मरिण ठेक्का रद्द प्रकरणमा सरकारले आर्थिक चलखेल गर्न खोजेको काँग्रेसको आशंका

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द गरिएको घटनामा सरकारले वित्तीय अनुशासन उल्लंघन गरेको आंशका व्यक्त गरेको छ । 

पार्टी मुख्यालय सानेपामा सम्पन्न केन्द्रिय समिति बैठकले यस्तो निष्कर्ष निकालेको पार्टीका सहमहामन्त्री अजयबाबु शिवाकोटीले बताए । 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले आर्थिक स्वार्थका आधारमा सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द गरेको आशंका व्यक्त गरे । उनले पासपोर्ट छपाई प्रकरण र सुनकोशी-मरिण ठेक्का रद्द प्रकरणका घटनामा अनियमितताको फण्डाफोर गर्ने निर्णय गरिएको बताए । उनले सरकार सत्तानिकट व्यक्तिहरूलाई संरक्षण गर्ने र फरक मत राख्नेहरूमाथि फरक ढंगले कानून लागू गर्ने प्रवृत्तिमा लागेको आरोप समेत लगाए । उनले प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनसहित सरकारनिकट व्यक्तिहरूमाथि उठेका प्रश्नमा निष्पक्ष अनुसन्धान हुनुपर्नेमा पार्टीले जोड दिएको पनि बताए । 

उनले सरकारको कार्यशैलीलाई शासकीय अराजकताको संज्ञा दिँदै त्यसविरुद्ध प्रतिपक्षको भूमिका थप सशक्त बनाउने निर्णय पनि बैठकले गरेको पनि बताए । उनले खस्कँदो अर्थतन्त्र, जनजीविकामा बढ्दो संकट र निजी क्षेत्रमा देखिएको त्रासप्रति पनि काँग्रेसले चिन्ता व्यक्त बताए । उनले सरकारले घोषणा गरेका कार्यक्रमहरू कार्यान्वयनमा उदासिनता देखिएको भन्दै सरकारको ध्यानाकर्षण गर्ने समेत बैठकले निर्णय गरेको बताए । उनका अनुसार पार्टीले आउने प्रदेश तथा स्थानीय तहको निर्वाचनको तयारीका लागि देशभरका पालिकामा केन्द्रिय प्रतिनिधि खटाउने भएको छ । 

उनले भने, ‘सरकारले राहदानी प्रकरणमा जुन किसिमले डिसमिस गराउन खोज्यो यसमा समेत सरकारको कथनी र करनीमा तादात्म्यता मिलेको छैन । यस विषयमा पनि हामीले पोजिसन लिएका छौँ । जसरी पासपोर्टमा सरकारले जसरी आर्थिक चलखेल गर्न खोजेको थियो त्यसैगरी आज सुनकोशी-मरिन डाइभर्सनमा पनि अनियमितताको इन्ट्रेस्ट हामीले फेला पारेका छौँ । त्यसकारण यो कुराको भण्डाफोर गर्ने भन्ने छ । सरकारले खासगरी सत्ता निकटहरूलाई एउटा कानुन वा कानूनै नलाग्ने तर सत्ताभन्दा बाहिर रहेका उसको फरक मत राख्नेहरूलाई एउटा खालको कानुन लगाउने नियतबाट सरकार अगाडि बढिरहेको छ । यस्तो सेलेक्टिभ एप्रोचबाट सरकारले आफूले हिजो भनेका कुराहरूलाई नै खण्डित गरिरहेको छ । यो विषयमा पनि काँग्रेस बोलेको छ ।’

बैठकका निर्णयहरू शनिवार सार्वजनिक गरिने समेत सहमहामन्त्री शिवाकोटीले बताए।

0 Comments