२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधानको मूल ‘स्प्रिट’ लाई सबैले आत्मसाथ गरौँ : उद्योगमन्त्री यादव

अ+ अ-

सुर्खेत । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले तीन वटै तहका सरकारबीच समन्वय कायम हुनसके मात्र संघीयता सफल हुने बताएका छन् ।

वीरेन्द्रनगरमा निर्माणाधीन लघु औद्योगिक ग्रामको आज प्रदेश सरकारलाई हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गदै उनले संविधानको मूल स्प्रिट तीन तहका सरकारबीच समन्वय र सहकार्य नै रहेको बताएका हुन् ।

‘संविधानको मूल स्प्रिटलाई सबैले आत्मसात गर्दै संविधानको सही कार्यान्वयनमा जोड दिऔँ’, उनले भने, ‘एकले अर्कालाई फेल गराउने नभई सघाउने गरी तीन सरकार अघि बढ्नुको विकल्प छैन ।’

लगानी सम्मेलनपछि नेपालमा लगानीको आकर्षण बढेको उनको भनाइ थियो । यसका लागि सरकार पुराना ऐन, कानून सुधार गर्दै लगानीको उपर्युक्त वातावरण बनाउन लागिरहेको उनले बताए ।

कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संविधान निर्माण जत्तिकै चुनौती कार्यान्वयनमा रहेको बताए । विभिन्न तर्क देखाएर प्रदेश र स्थानीय तहलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको भन्दै उनले स्थानीय तह बलियो नभए संघीयता सफल नहुने दाबी गरे ।

उद्योग, वाणिज्य तथा आपूर्ति सचिव यामकुमारी खतिवडाले सरकारले लघुउद्यमको विकासमार्फत उत्पादन र रोजगारी बढाउने कार्यक्रमलाई प्राथमिकता राखेको बताए । त्यस्तै, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले संघीय सरकारले लघु औद्योगिक ग्राम प्रदेशलाई हस्तान्तरण गरेर संघीयता कार्यान्वयनमा एक कदम अघि बढेको विचार व्यक्त गरे ।

कार्यक्रममा मन्त्री यादवले कर्णालीका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढालाई औद्योगिक ग्रामको स्वामित्व हस्तान्तरणपत्र तथा मन्त्री यादव र कर्णालीका मुख्यमन्त्रीले वीरेन्द्रनगर–७ स्थित घरेलु तथा साना उद्योग विकास समिति परिसरमा निर्माणाधीन औद्योगिक ग्राम हस्तान्तरणसम्बन्धी ताम्रपत्रको संयुक्तरूपमा अनावरण गरेका थिए । चार ब्लकमा ६२ कोठा रहेको औद्योगिक ग्राम रु १५ करोड १६ लाख लागतमा निर्माण भइरहेको छ । रासस