९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पेरूमा ८.० म्याग्निच्युड को भूकम्प

अ+ अ-

लिमा । पेरूको उत्तरी क्षेत्रमा आइतबार विहानै ८.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ विभाग (यूएसजीएस) ले जनाएको छ ।

भूकम्पका कारण घरभित्र बसीरहेका स्थानीयबीच केही समय भागदौड मच्चिएको थियो भने भूकम्पपछि उक्त क्षेत्रमा विद्युत सेवा आइतबार दिनभर अवरूद्ध भएको छ ।

ग्रीनवीच समय अनुसार ७ः४१ बजे गएको भूकम्पको केन्द्रविन्दु पेरूको दक्षिणपूर्वी शहर लागुनासबाट ७५ किलोमिटर टाढा ब्राजिलीयाली सिमाना क्षेत्रमा ११० किलोमिटरको गहिराइमा रहेको यूएसजीएसले जानकारी गराएको छ ।

भूकम्प शक्तिशाली भएको र यसको धक्का, मध्य तथा उत्तरी पेरू र छिमेकी मुलुक इक्वेडरमा समेत महशुस गरिएको बताइएको छ ।

भूकम्पका कारण भएको क्षतिबारे तत्काल कुनै विवरण प्राप्त हुन सकेको छैन तर शक्तिशाली धक्का महशुस भएकोले यसबाट मानवीय क्षति तथा भौतिक संरचनामा क्षति पुगेको हुनसक्ने अनुमान गरिएको छ । भूकम्पका कारण पुगेको क्षतिको विवरण लिन प्रहरी तथा स्थानीय समुदाय गाउँगाउँमा खटिइरहेको बताइएको छ ।

जमिनको सतहदेखि निकै गहिराइमा केन्द्रविन्दु रहेकाले यसबाट जमिनको सतहमा न्यून क्षति हुने गरेको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।

भूकम्पपछि पनि पराकम्पन आउनसक्ने भयमा घरभित्र पस्न वा आफ्नो काममा फर्किन नसकि खुला ठाउमा घुमिरहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

स्थानीयहरूले भूकम्पका कारण केही घरहरू भत्केका र थुप्रै निजी तथा सार्वजनिक भवनहरूमा आंशिक क्षति भएको बताएका छन् ।रासस

प्रतिक्रिया दिनुहोस