२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीको के आई सिंह गाउँपालिका साक्षर घोषणा

अ+ अ-

डोटी । डोटीको के आई सिंह गाउँपालिका साक्षर घोषणा भएको छ । शुक्रवार एक औपचारिक कार्यक्रमका साथ साक्षर गाउँपालिका घोषणा गरिएको हो ।

१५ देखि ६० उमेर समुह भित्रका ९५.८० प्रतिशत साक्षरता दर पुगेपछि साक्षर गाउँपालिका घोषणा गरिएको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख शेर बहादुर बोगटीले बताए ।

घोषणा कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका जिल्ला सभापति प्रदीप कुमार देउवाले समाजमा रहेका सबै व्यक्ति शिक्षित भएन भने सरकारले लिएको लक्ष्य पूरा नहुने बताए । उनले सरकारले पछिल्लो समयमा शिक्षा क्षेत्रको अधिकारको सवालमा कुनै ठोस निर्णय गर्न नसक्दा शिक्षा क्षेत्र नै अस्तव्स्त भएको बताए ।

गाउँपालिकाले सञ्चालन गरेको साक्षरता अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने डोटीका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले बताए । उनले भने, ‘गाउँपालिका विकासको सन्दर्भमा एक तह माथि पुगेको छ यसै गरी अन्य क्षेत्रमा पनि अगाडी बढ्नु पर्छ, नमुना गाउँपालिकाको रूपमा परिचित हुनुपर्छ’

जनप्रतिनिधि निर्वाचितको अवस्थाका आधारमा हेर्दा देशभरिको नमुना गाउँपालिका रहको भन्दै हरेक क्षेत्रमा नमुना काम गर्नुपर्ने प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति डोटीका प्रमुख राम बहादुर ऐनले बताए । उनले भने, ‘देशका ऐतिहासिक व्यक्तित्व डा. केआईसिंह यसै क्षेत्रका हुन, देश सङ्घीयता गईसकेपछि प्रदेश ७ का मुख्यमन्त्री पनि सोही गाउँपालिकाका भएको हुँदा सो गाउँपालिका देशको ऐतिहासिक गाउँपालिका हो, यसलाई शिक्षा, स्वास्थ्य लगायत सबै क्षेत्रमा नमुना गाउँपालिका बनाउनु पर्छ ।’

शिक्षाको उज्यालो घामबाट कोही पनि वञ्चित नहोउन भन्ने उद्देश्यले साक्षरता घोषणा अभियान सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले बताए । उनले भने, ‘यो हाम्रो सुरुवाती चरण हो हामी यो गाउँपालिकालाई पूर्ण साक्षर गाउँपालिका बनाउन तथा सबै क्षेत्रमा नमुना गाउँपालिका बनाउन विभिन्न कार्यक्रमको आयोजना गर्ने छौँ ।’
गाउँपालिकाले आगामी दिनमा सबै वर्ग, क्षेत्र, जातजाति, लिङ्गका व्यक्तिलाई अगाडि बढाउन विभिन्न कार्यक्रमको आयोजना गरिने समेत अध्यक्ष शाहीले बताए ।
कार्यक्रममा विभिन्न विद्यालयको सांस्कृतिक प्रस्तुति समेत रहेको थियो । अभियानलाई सफल पार्न सहयोग गर्नेे सबैलाई गाउँपालिकाले प्रमाण पत्र दिएको थियो ।
नौ स्थानीय तह रहेको डोटी जिल्लामा दिपायल सिलगढी नगरपालिकाबाट सुरु भएको अभियान पूर्वी चौकी, आर्दश हुँदै आज चौथो स्थानीय तहको रूपमा केआईसिंह गाउँपालिकालाई साक्षरता गाउँपालिका घोषणा गरिएको हो ।

शिक्षाको राष्ट्रिय कार्यक्रम अनुसार २०७६ भित्र नेपाललाई साक्षरता देश घोषणा गर्ने लक्ष्य अनुरूप डोटी जिल्लामा पनि यो अभियानले तीव्रता पाएको छ ।

जिल्लाको शान्ति सुरक्षा मजबुत छ : प्रजिअ
डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जिल्लाको शान्ति सुरक्षा व्यवस्था मजबुत रहेको बताएका छन् ।

के आई सिंह गाउँपालिकामा आयोजित समूदायक प्रहरी साझेदारी कार्यक्रममा बोल्दै जिल्ला सुरक्षा समितिका प्रमुख समेत रहेका प्रजिअ पौडेलले सो कुरा बताएका हुन् । उनले भने, ‘नेपाल प्रहरीले समय–समयमा विभिन्न कार्यक्रम तथा अभियानहरू मार्फत लैङ्गिक हिंसा, छाउपडीको अन्य, बालविवाहको अन्य, आपराधिक गतिविधिको अन्य गरी शान्त समाज निमार्णमा अह्म भूमिका रहेको छ ।

समुदायमा हुने आपराधिक गतिविधिलाई न्यूनीकरणगर्न सहयोग पुगोस् भन्ने हेतुले हामी जनताको घरदैलोमा गएर विभिन्न कार्यक्रमहरू गर्दै आई रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताए । उनले भने, ‘प्रहरीले अब जनचेतना अभिवृद्धि मात्र होइन समाजमा लुकेर रहेका घटनाहरूको पहिचान गरेर अग्रिम रूपमा घटना घट्न नदिन सर्तकर्ता अपनाउन जरुरी छ, त्यसमा स्थानीय सरकार, स्थानीय बासीहरूले पूर्ण रूपमा सहयोग गर्नुपर्छ, सरकारी संयन्त्र र स्थानीयबासीबीच सहकार्य हुन सके हिंसारहित समाज निर्माण हुनेछ ।’

समाजमा हुने लैङ्गिक हिंसा, घरेलु हिंसा, सामाजिक विकृति विसङ्गतिको अन्त्य गरी समुदायसँगको साझेदारीमा सभ्य समाज निर्माण गर्ने उद्देश्यका साथ नेपाल प्रहरीले देशभर सञ्चालनमा ल्याएको समुदाय प्रहरी साझेदारी अभियान डोटीमा पनि सञ्चालनमा ल्याएको हो ।