२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुब्बाको आम्दानी ४ करोड, गैरकानुनी भन्दै अख्तियारद्वारा मुद्दा दर्ता

अ+ अ-

काठमाडौँ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका नायव सुब्बा ललितकुमार झा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनले आफ्नो जागिर अवधिमा १ करोड ५६ लाख ७९ हजार २६ रुपैयाँ अवैध आम्दानी गरेको दाबी गर्दै अख्तियारले उनी र उनकी पत्नी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

२०४० असार १७ गते मुखियाबाट सरकारी सेवामा प्रवेश गरेका उनले २०७६ जेठ मसान्तसम्ममा तलब, भत्ता, कर्जा, सेयर, जग्गा बिक्रीलगायतबाट दुई करोड २८ लाख ६४ हजार दुई सय आठ रुपैयाँ आर्जन गर्न सक्ने भए पनि तीन करोड ८५ लाख ४३ हजार दुई सय ३४ रुपैयाँ खर्च गरेको देखिएको अख्तियारको दाबी छ ।

उनले आफू र पत्नी सुचितादेवी झाको नाममा समेत जग्गा, सवारी साधन, शेयर खरिद र घर निर्माण गरेको देखिएको अख्तियारले बताएको छ । ‘निजको वैध आय २ करोड २८ लाख ६४ हजार २ सय ८ रुपैयाँको तुलनामा १ करोड ५६ लाख ७९ हजार २६ रुपैयाँ बराबरको भागको स्रोत नखुलेको पाइएबाट निजको सम्पत्ति अमिल्दो र अस्वाभाविक देखिन आएकोले स्रोत खुल्न नसकेको’ भन्दै अख्तियारले झाले भ्रष्टाचार गरेको दाबी गरेको छ ।

झा विरुद्ध एक करोड छपन्न लाख उनासी हजार छब्बिस रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले सरकारका विभिन्न निकाय यातायात, मालपोत, नापी, भन्सार, राजस्व कार्यालय, अध्यागमन कार्यालयलगायका कार्यालयहरुमा कार्यरत झन्डै ३ सय कर्मचारीमाथि अकुत सम्पत्तिबारे छानबिन गरिरहेको छ ।