१९ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला, बालबालिका र सीमान्तकृत समुदायका समस्या प्राथमिकतामा राख्न मन्त्री सिता बादीको निर्देशन

अ अ+ अ-

सल्यान। महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित तथा सीमान्तकृत समुदायका समस्या प्राथमिकताका साथ सम्बोधन गर्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले जिल्लास्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएकी छन् । 

सल्यानका जिल्ला कार्यालय प्रमुखहरूसँगको छलफलमा मन्त्री बादीले सरकारी सेवा प्रवाहलाई पहुँचयोग्य, नागरिकमैत्री र समावेशी बनाउन आग्रह गरिन्। विशेषगरी महिला तथा बालबालिकामाथि हुने हिंसा, बालविवाह र विभेद न्यूनीकरणका लागि कागजी प्रतिबद्धतामा सीमित नभई परिणाम देखिने गरी काम गर्न उनले निर्देशन दिइन् । 

कम उमेरमा विवाह गरेका किशोरीहरू शिक्षाबाट वञ्चित हुने अवस्थाको अन्त्य गर्न मन्त्रालयले आवश्यक पहल गर्ने बताउँदै उनले उनीहरूको शिक्षा निरन्तरता, आत्मनिर्भरता र सुरक्षित भविष्यका लागि सम्बन्धित निकायले आवश्यक सहजीकरण गर्नुपर्नेमा जोड दिइन् । 

बालअधिकार संरक्षणलाई विशेष प्राथमिकता दिँदै मन्त्री बादीले स्थानीय बालकल्याण अधिकारीको सिफारिसबिना बालबालिकालाई अभिभावकबाट अलग गर्न नपाइने व्यवस्थाको कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिइन् जोखिममा रहेका बालबालिकाको तत्काल उद्धार, संरक्षण तथा पारिवारिक पुनर्मिलनका लागि बालबालिका खोजतलास सेवा ९१०४० लाई प्रभावकारी रूपमा परिचालन गर्न पनि उनले आग्रह गरिन् । 

त्यसैगरी, दलित समुदायले भोग्दै आएका विभेद, समस्या र गुनासोको शीघ्र सम्बोधनका लागि दलित सहायता कक्षलाई सक्रिय र प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो। ज्येष्ठ नागरिक तथा सीमान्तकृत समुदायले सरकारी सेवा प्राप्त गर्दा भोग्नुपरेका कठिनाइ पहिचान गरी प्राथमिकताका साथ समाधान गर्न पनि उनले कार्यालय प्रमुखहरूलाई निर्देशन दिइन् ।

छलफलमा सल्यानका प्रमुख जिल्ला अधिकारी वन्दना केसीले जिल्लाको समग्र प्रशासनिक अवस्था, महिला तथा बालबालिकासँग सम्बन्धित चुनौती, सामाजिक समस्या र जिल्लामा भइरहेका गतिविधिबारे मन्त्री बादीलाई जानकारी गराएकी थिइन् । 

मन्त्री बादीले लक्षित समुदायका अधिकार संरक्षण र सहज सेवा प्रवाहलाई प्रशासनिक जिम्मेवारीको अभिन्न हिस्सा बनाउनुपर्नेमा जोड दिएकी छन् । 

0 Comments