२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोलभेंडाको जुस पिउनुका यस्ता छन् फाइदा

अ+ अ-

काठमाडौं। गोलभेंडाले खानाको स्वाद बढाउनको साथै यसमा स्वास्थ्य बढाउने तत्त्व पनि भरपूर हुन्छ । सूप, सलाद र अचारमा गोलभेंडा उपयुक्त हुन्छ अनि यसले छालाको चमक पनि बढाइदिन्छ ।

पोटेसियम, भिटामिन सी र लाइकोपिन पर्याप्त मात्रामा गोलभेंडामा भएको हुन्छ र कोलेस्ट्रोल घटाउने तत्त्व पनि हुन्छ । पोषक तत्त्वहरूले भरपूर गोलभेंडाको जुस पिउँदा स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । शारीरिक व्यायाम गरेपछि शरीरको ऊर्जा कम हुन्छ । यस ऊर्जाको कमीलाई हटाउन हामीहरू एनर्जी ड्रिंक लिन्छौं तर हराएको ऊर्जालाई फेरि पाउनका लागि सबभन्दा सजिलो तरिका गोलभेंडाको जुस पिउनु नै हो ।

गोलभेंडामा भएका रसायनले व्यायामपछि मांसपेशी तन्किएर दुखेकोलाई शान्त पार्छन् र रक्तसञ्चारलाई पनि सामान्य बनाउँछन् ।ग्रीसको जनरल केमिकल स्टेट लेबोरेटोरीले गरेको दुई महिनासम्म १५ खेलाडीमाथि गरेको अनुसन्धानमा नौजनालाई गोलभेंडाको जुस पिउन दिइयो भने बाँकी ६ जनालाई एजर्नी ड्रिंक पिउन दिइयो । अनि व्यायामअघि, व्यायामका बेलामा र व्यायामपछि खेलाडीहरूको शारीरिक गतिविधिमा भएको परिवर्तनको अध्ययन गरियो ।

अध्ययनले गोलभेंडाको जुस पिउने खेलाडीको मांसपेशी व्यायामपछि एकदमै छिट्टै सामान्य स्थितिमा आएको अनि एनर्जी ड्रिंक पिउनेको चाहिँ यस्तो नभएको पाए ।यसको अर्थ, तपाईंले व्यायाम गरेपछि गोलभेंडाको जुस पिउनुभएमा थकान हट्छ र ऊर्जावान् अनुभव गर्नुहुन्छ ।