२१ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सरकारको काम हिन्दी जासुसी फिल्मजस्तै भयो’ : ‘प्रचण्ड’

पत्रकारदेखि कर्मचारी र राजनीतिक नेतृत्वसम्म कतिबेला के हुने हो भन्ने अनिश्चितता बढेको टिप्पणी, भ्रष्टाचारविरुद्ध अभियान चलाउँदा आफूलाई सत्ताबाट हटाइएको दाबी

अ अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीलाई हिन्दी जासुसी फिल्मसँग तुलना गरेका छन् । सरकारका गतिविधि अनिश्चित र अप्रत्याशित बन्दै गएको टिप्पणी गर्दै उनले पत्रकार, कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वमाथि कतिबेला के हुने हो भन्ने अवस्था सिर्जना भएको बताएका हुन् ।

शनिबार काठमाडौँमा आयोजित ‘कर्णाली : उपेक्षा र उज्यालो’ पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै प्रचण्डले वर्तमान सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका हुन् । 

‘तपाईंहरूले हिन्दी जासुसी फिल्म हेर्नुभयो होला, विचित्र-विचित्र हुँदै नहुने कामहरू भएको देखाउँछन् नि, त्यस्तै छ सरकारको काम गराइ,’ उनले भने, ‘कतिबेला कुन पत्रकार समातिने हो, कुनमाथि हमला हुने हो, कता के भन्ने कुराको टुङ्गो छैन।’

सरकारको कार्यशैलीले पत्रकार र राजनीतिक नेतृत्वसँगै कर्मचारीतन्त्रमा समेत अन्योल सिर्जना गरेको उनको आरोप थियो । उनले राज्य सञ्चालनमा विवेकहीन, अराजक र निरङ्कुश प्रवृत्ति हाबी हुन थालेको टिप्पणी गरे ।

प्रचण्डले विगत ३५ वर्षमा मुलुकमा केही पनि उपलब्धि नभएको भन्ने भाष्य निर्माण गरिएको भन्दै आपत्ति जनाए । गणतन्त्र, सङ्घीयता र समावेशिताजस्ता राजनीतिक उपलब्धिका साथै पूर्वाधार तथा ऊर्जा क्षेत्रमा भएका कामलाई बेवास्ता गर्न नहुने उनको भनाइ थियो ।

‘जसले गणतन्त्र, संघीयता, समावेशिता ल्याएको हो, त्यसलाई काम गर्ने वातावरण बनाउन सक्न पाएको भए त अहिलेसम्म योभन्दा धेरै गर्न सकिन्थ्यो,’ उनले भने, ‘भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा अभियान चलाउँदा अपदस्थ गरियो।’ 

आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षमा काम अघि बढाउँदा सत्ता समीकरण परिवर्तन गरेर हटाइएको उनको दाबी थियो । भ्रष्टाचारविरुद्धको अभियानका कारण स्वार्थ समूह र बिचौलिया सक्रिय भएको आरोपसमेत उनले लगाए ।

‘प्रचण्ड’ले आफू नेतृत्वको सरकार हटाइँदा मुलुक राजनीतिक दुर्घटनातर्फ जाने चेतावनी दिएको स्मरण गरे । सरकार परिवर्तनको प्रक्रियालाई संविधान र लोकतन्त्रको मर्मविपरीत भएको दाबी गर्दै उनले त्यसपछिका राजनीतिक घटनाक्रमले आफ्नो आशंका पुष्टि गरेको जिकिर गरे ।

गणतन्त्र स्थापनादेखि विकास निर्माणसम्म योगदान पुर्‍याएका राजनीतिक शक्तिहरूलाई अपराधीका रूपमा चित्रण गर्ने प्रयास भइरहेको भन्दै उनले असन्तुष्टि जनाए । विगतका कमजोरीको समीक्षा गर्न सकिने भए पनि राजनीतिक परिवर्तन र विकासका उपलब्धिलाई पूर्ण रूपमा अस्वीकार गर्न नहुने उनको धारणा थियो ।

वर्तमान सरकारप्रति प्रचण्डले लगाएका आरोप उनका राजनीतिक टिप्पणी हुन् । सरकारको कार्यशैली, पत्रकार तथा कर्मचारीमाथिको व्यवहार र विगतको सत्ता परिवर्तनबारे उनले व्यक्त गरेका दाबीलाई स्वतन्त्र रूपमा पुष्टि भएका तथ्यका रूपमा लिन मिल्दैन ।

0 Comments