२१ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो’ : ‘प्रचण्ड’

अ अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीलगायत पिछडिएका क्षेत्रको विकासका लागि नै सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्‍याइएको बताएका छन् । 

लेखक डा. दीपेन्द्र रोकाय र मोहनदास मानन्धर ‘कर्णाली उपेक्षा र उज्यालो’ पुस्तक आज विमोचन गर्दै उनले विभेदमा पारिएका वर्ग र क्षेत्रलाई समृद्धिको नयाँ यात्रामा लैजान आफू प्रधानमन्त्री हुँदा कर्णाली क्षेत्रमा पूर्वाधारको सुरुआत गरेको बताएका हुन्। 

“पूर्व–पश्चिम मध्यपहाडी राजमार्ग तथा उत्तरदक्षिण कोरिडोर निर्माणले नेपाललाई थप एकताबद्ध बनाएको छ, अब कर्णालीका स्याउ बाहिरी जिल्लामा पुर्‍याउन र तराईका अन्नबाली कर्णाली पुर्‍याउन अप्ठ्यारो छैन”, उनले भने, “रणनीतिक सोचको नेतृत्व नभएको भए यो विकास हुन सक्दैनथ्यो ।”

पूर्वप्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले कर्णालीको समृद्धिका लागि १० हजार ८०० मेगावाटको कर्णाली-चिसापानी आयोजना, तिला-१ र तिला-२ आयोजना अघि बढाउन पहल गरिएको पनि जानकारी दिए। 

त्यस्तै हिल्सा-सुर्खेत सडक निर्माणलाई चीनको सहयोगमा अघि बढाउने विषयमा सैद्धान्तिक समझदारी भएको उनले स्मरण गरेका छन्।

0 Comments