२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सगरमाथा आरोहण प्रतिबन्धको हल्ला मात्रै : पर्यटन विभाग

अ+ अ-

काठमाडौं । पर्यटन विभागले सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि प्रतिबन्ध लगाउने भन्ने हल्ला निराधार भएको स्पष्ट पारेको छ । विभागले विज्ञप्ति जारी गर्दै सगरमाथालगायत ४१४ हिमालमध्ये कुनै पनि हिमाल आगामी वर्षमा आरोहणका लागि प्रतिबन्ध लगाउने वा केही समयका लागि रोक्ने भन्ने विषयमा विभागमा अनौपचारिक रुपमा समेत छलफल नभएको जनाएको छ ।

आगामी केही वर्ष सगरमाथा आरोहण गर्न रोक्ने वा प्रतिबन्ध लगाउने सम्बन्धमा विभिन्न सञ्चार माध्यममा समाचार सम्प्रेषण भएकाप्रति विभागले गम्भीर ध्यानाकर्षण जनाउँदै उक्त विषय वस्तुगत नभएको हुँदा यस्ता अवास्तविक हल्लाका पछि नलाग्न सरोकारवाला सबैमा अनुरोध पनि गरेको छ ।

विभागका महानिर्देशक डण्डुराज घिमिरेले सरकारले आरोहणका लागि खुल्ला गरेका सगरमाथालगायत हिमाललाई जोडेर पछिल्लो समय गलत प्रचार भइरहेको भन्दै त्यस्ता हल्लाको विश्वास नगर्न अपिल गरे । मुलुकको पर्वतारोहणलाई व्यवस्थित र सुरक्षित बनाउन विभागले सरोकार भएका निकायसँग समन्वय र छलफलका साथ अघि बढ्ने उनले बताए।

सन् २०१९ को वसन्तकालीन मौसम सम्पन्न भइसकेको र यस वर्षका अन्य मौसमका पर्वतारोहणसम्बन्धी कार्यहरु के कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा विभाग गहन ढङ्गले अघि बढेको जनाएको छ । नेपालको पर्वतीय पर्यटनलाई कसरी विश्वकै व्यस्थित र सुरक्षित बनाउने भनेर यस क्षेत्रमा विद्यमान समस्याको अध्ययन गरी समस्या समाधानका लागि सुझाव पेश गर्न गठित समितिले कार्यारम्भ गरिसकिएको विभागले विज्ञप्तिमा उल्लेख गरेको छ ।