२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अल्लोबाट आत्मनिर्भर बन्दै पर्वतका महिला

अ+ अ-

पर्वत । लेकाली सामुदायिक वनको चाल्ने सिस्नो (अल्लो) प्रशोधन गरेर महिलाले पर्याप्त आम्दानी गर्न थालेका छन् । उत्तरी पर्बतको जलजला–६ शालिजाकी जसमाया पुनले शुरु गरेको अल्लो प्रशोधन उद्योगबाट मात्रै हिजोआज ५० महिलालाई आत्मनिर्भरत हुन सघाएको छ ।

शुरुका दिनमा घरको काम छाडेर अल्लो खोज्न जङ्गल जाँदा जसमायालाई जिस्क्याउने महिला नै हिजोआज उद्यमी बनेका छन् । जसमायाका हाल क्याङ र सदरमुकाम कुश्मामा अल्लो प्रशोधन प्रशिक्षण केन्द्र पनि छ । कुश्मामा उनले प्रशोधन तथा कपडा उत्पादन उद्योग सञ्चालन गरेका छन् ।

थोरै रकमबाट शुरु गरिएको जसमायाको उद्योगमा अहिले करीब रु ४५ लाख बराबरकको लगानी पुगेको छ । उनले प्रशोधन र तालीम सञ्चालन गरेर मासिक रु ६० हजारसम्म आम्दानी गर्दै आएका छन् । विसं २०५७ मा जसमायाँले अल्लोको उपयोगिता बुझेर प्रशोधन शुरु गरेकामा त्यस लगत्तै एउटा हाते उपकरण किनेर धागो निकाल्ने र कपडा बुन्न थाले । क्याङका ५० महिला हाल अल्लो सङ्कलन गरेर धागो निकाल्ने, प्रशोधन गर्ने र कपडा बुन्ने काममा व्यस्त छन् ।

अल्लोका कपडा मात्रै हैन धागो बेचेर पनि राम्रो आम्दानी भएको अर्का उद्यमी बिना पुनले बताए । ‘कपडा तयार गर्नसके थोरै धागोबाट राम्रै आम्दानी हुन्छु, उनले भने, भ्याइएन भने धागो पनि बिक्छ । तयारी कपडा प्रतिमिटर रु ७०० सम्ममा बिक्री हुने गरेको छ । अल्लोको धागो स्थानीय बजारमा र कपडा तथा तयारी पोसाक पोखरा, काठमाडौँ र विदेशमा समेत पठाउने गरिएको छ ।

‘पहिले घरधन्दामै दिन बित्थ्योु, अर्का उद्यमी झकमायाले भनिन्, अहिले घरको सबै काम सकेर पनि महीनाको रु १०/१२ हजार आम्दानी हुन्छ । आफूजस्ता धेरै महिलाले फुर्सदको समय सदुपयोग गर्दैआएको उनले बताइन् ।

उद्यमी महिलाले साउनदेखि मङ्सिरसम्म स्थानीय खर्सुवास गैराखर्क, ठूलोटाउका र रेसापातल सामुदायिक वनमा सङ्कलन गरेको अल्लोे फागुनदेखि असारसम्म प्रशोधन गर्छन् र जाडो याममा सुकाउन समस्या हुने भएकाले पुस र माघमा कपडा बुन्न व्यस्त हुन्छन् । फागुनदेखि जेठको अन्तिमसम्म लोक्ता निकाल्ने, पकाउने, पखाल्ने, सुकाउने काम हुन्छ । चरणबद्ध रूपबाट काम गर्दा वर्षभरिका कुनै पनि महीना खाली बस्न नपरेको उद्यमी महिला बताउँछन् ।

अल्लो सङ्कलन गर्न स्थानीय सामुदायिक वनले निःशुल्क दिएका छन् । महिला समूहमै मिलेर काम गर्छन् । वनमा अल्लो सङ्कलन गर्न लाँदा, लोक्ता निकाल्ने, सुकाउने र पकाउने सबै काम मिलेर गर्ने गरेको उद्यमी जसमायाले बताइन्। ‘वनमा त्यसै खेर जान्थ्योु, उनले भनिन्, ‘अहिले धेरै दिदीबहिनी सक्रिय भएका छन् । वन पनि सफा भएको छ । आम्दानी पनि बढेको छ ।’

उनीहरूलाई समय–समयमा जिल्ला लघुउद्यम विकास कार्यक्रम, घरेलु कार्यालयलगायत विभिन्न सङ्घसंस्थाले तालीम र उपकरणमा सहयोग गरेका छन् । जलजला गाउँपालिकाले शालिजा, लेकफाँट र बनौँको माथिल्लो भेगको जङ्गलमा पाइने अल्लोलाई स्थानीयको जीविकोपार्जनसँग जोडेर त्यसको विस्तार गर्नेगरी कार्यक्रम तय गरेको छ । जलजलाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमका अनुसार महिलालाई अल्लोको उद्यमसँग जोडेर प्रशिक्षण र व्यवसाय प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ ।

मोदी गाउँपालिका–३ देउरालीका महिलाले पनि गाउँमै घरेलु उद्योग खोलेर अल्लोका सामग्री उत्पादन गर्दै आएका छन् । विसं २०७१ पुसमा दुई महिलाले अल्लो प्रशोधन उद्योग शुरु गरेकामा हाल ११ उद्यमी बनेको समूहका अध्यक्ष रनमाया गुरुङले बताइन्।

देउरालीका महिलालाई हालै कोरियाको एक संस्थाले अल्लो प्रशोधन गर्ने उपकरण सहयोग गरेको छ । ‘पहिले काठको मुङ्ग्राले कुटेर सुकाउँथ्यौँ’, अध्यक्ष गुरुङले भने, ‘उपकरण आएपछि सुविधा भएको छ ।

पहिलेभन्दा तेब्बर छिटो धागो निकाल्छौँ ।’ देउरालीमा उत्पादन भएका अल्लोका तयारी पोशाकका लागि उपकरण उपलब्ध गराएकोे उक्त संस्थाले नै तयारी सामग्री लिने गरेको छ । विदेशमा बस्नेले उपहारका रूपमा समेत पोशाक लैजाने गरेका छन् । देशका विभिन्न सहरमा सञ्चालन हुने मेला महोत्सवमा प्रदर्शनीका लागि पनि यहाँका महिलाले अल्लोका कपडा लैजाने गर्छन् ।