१५ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा बाढी: सुरुङमा फसेका इन्जिनियरको उद्धारमा ढिलाइ भएको भन्दै इन्जिनियर्स एसोसिएसन आक्रोशित

अ+ अ-

काठमाडौँ । सरकारले सुरुङमा फसेका इन्जिनियर तथा प्राविधिकहरूको उद्धारमा ढिलाइ गरेको भन्दै नेपाल इन्जिनियर्स एसोसिएसनले आक्रोश व्यक्त गरेको छ । 

सोमवार एशोसिएशनको ललितपुरस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलन बोल्दै एसोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले यस्तो आपत्ति जनाएका हुन् । उनले सयौँ मानिसको ६ दिनसम्म उद्धार गर्न नसकेपछि दबाबमूलक अभियान सुरु गरिएको बताए । अध्यक्ष बरालले भीषण बाढीपछि केही व्यक्तिको सकुशल उद्धार भए पनि केही अझै सुरुङभित्र जीवन–मरणको दोसाँधमा रहेको बताए । उनले एसोसिएसनले सुरुदेखि नै सरकारका संयन्त्रहरूसँग सहकार्य गर्नै खोजेको भए पनि सरकार आफैँले सहकार्य नगरेको तथा निजी क्षेत्रका विशेषज्ञ तथा उपकरण पनि उपयोग नगरेको आरोप पनि लगाए। उनले राज्यको सम्पूर्ण क्षमता परिचालन गर्नुका साथै आवश्यक परे बाहिरबाट जनशक्ति ल्याएर भए पनि सम्पर्कविहीनहरूको सकुशल उद्धार गर्न सरकारसँग माग गरे । 

उनले बाढी आएको पहिलो दिनदेखि नै सरकारका सम्बन्धित निकायसँग समन्वय गर्दै आएको पनि बताए। उनका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय, नेपाल विद्युत् प्राधिकरण, निजी क्षेत्रका जलविद्युत आयोजना तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) लगायतका निकायलाई सम्पर्कविहीन व्यक्तिको उद्धारमा तत्काल पहल गर्न ध्यानाकर्षण गराइएको थियो । तर अपेक्षित गतिमा उद्धार हुन नसकेको उनको भनाइ छ ।

रसुवा बाढीमा विभिन्न जलविद्युत आयोजनाका सुरुङमा कार्यरत ९१० जना प्राविधिक तथा गैर प्राविधिक कर्मचारी सम्पर्कविहीन भएको एसोसिएसनले जनाएको छ । जसमध्ये १ सय ८८ जना इन्जिनियर रहेका छन् ।  सम्पर्कविहीन भएका इन्जिनियरहरूमा अपर त्रिसुलीमा ६० जना, लाङटाङमा २० जना रसुवागढी हाइड्रोमा २५ जना मेलुङमा ६ जना त्रिसुली ए मा ३० जना सम्पर्कविहीन भएको एसोसिएसनले जनाएको छ । 

0 Comments