९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अज्ञात समूहद्वारा बुद्धका मूर्ति तोडफोड

अ+ अ-

बुटवल । राजमार्गमा स्थापना भएका बुद्धका मूर्ति अज्ञात समूहले तोडफोड गरी क्षति पुर्‍याएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको बीच भागमा स्थापना गरिएका मूर्तिमध्ये नयाँमिलदेखि शङ्करनगर क्षेत्रका पाँच वटा मूर्ति गए राति अज्ञात समूहले तोडफोड गरेको नगरपालिकाले जनाएको छ ।

मूर्ति तोडफोड घटनाबारे नगरपालिकाका तर्फबाट जिल्ला सुरक्षा निकायलाई जानकारी गराइसकिएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए। उनले रातिको समयमा एकै प्रकृतिले मूर्ति तोडफोड गरेर क्षतविक्षत बनाइएको र यो घटना नियोजित तथा सुनियोजित रुपले भएको आशङ्का गरे ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान शुरु गरेको बताए । प्रदेश नं ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को अवसर पारेर तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको बीच भागको डिभाइडरमा वैशाख १ गतेदेखि बुद्धका आकर्षक मूर्ति स्थापना गर्ने अभियान शुरु गरेको हो ।

हालसम्म जोगिकुटीदेखि मङ्गलापुरसम्मको क्षेत्रमा २० वटा मूर्ति स्थापना गरिसकेको छ । सिक्स लेन सडकमा हरियाली प्रवरद्धन र नियमित सरसफाइ अभियान सञ्चालन गर्दै आएको तिलोत्तमाले पर्यटन आकर्षित गर्न सडकमा बुद्धमूर्ति स्थापना गर्ने कार्यक्रमअन्तर्गत मूर्ति स्थापना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस