२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश सरकारद्वारा क्षति विवरण माग

अ+ अ-

काभ्रेपलाञ्चोक । प्रदेश नं ३ सरकारले जिल्ला प्रशासन कार्यालयसँग विपद् (बाढीपहिरो)ले जिल्लामा पुर्‍याएको भौतिक संरचना एवं जनधनको क्षतिको विवरण मागेको छ । अबिरल वर्षाले गत असारको अन्तिम सातादेखि विभिन्न जिल्लामा जनधनको क्षति भएपछि प्रदेश सरकारद्वारा स्थानीय प्रशासनमार्फत विवरण माग गरिएको हो ।

जिल्ला प्रशासन कायालयले जिल्ला समन्वय समितिमार्फत स्थानीय तहमा यही साउन २ गते परिपत्र गरी विपद्बाट भएको क्षतिको विवरण मागेको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले प्रदेश सरकारबाट माग भए बमोजिम जिल्लाका स्थानीय तहसँग सडक, भवनलगायत सार्वजनिक संरचना एवं व्यक्तिगत घर पशु चौपायालगायत धनजनको क्षतिको विवरण मागिएको जानकारी दिए ।

विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रजिअ रानाले भने ‘प्रदेश सरकारबाट माग भएबमोजिम स्थानीय तहसँग क्षतिको विवरण माग गरेका छौँ, तीन दिनको म्याद दिइएको हो, तर सबै स्थानीय तहबाट विवरण आइसकेको छैन ।’ काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् । अबिरल वर्षाका कारण जिल्लामा घर पहिरोले पुर्दा हालसम्म दुई महिलासहित एक बालिकाको मृत्यु भएको छ ।