१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेबिजविरुद्धको खोप अभाव हुँदा सर्वसाधारण मर्कामा

अ+ अ-

राँझा । भेरी अस्पताल नेपालगञ्जमा रेबिजविरुद्ध खोप नहुँदा सर्वसाधारण मर्कामा परेका छन् । स्वास्थ्य सेवा विभागले सुई पठाउन ढिलाइ गरेकाले अभाव भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा रुपानन्द अधिकारीले जानकारी दिए ।

उनका अनुसार, साउनको शुरुआतदेखिनै अस्पतालमा रेबिजविरुद्धको खोप सकिएको हो । भेरी अस्पतालमा दैनिक १५ देखि २० जना कुकुरले टोकेका बिरामी आउने गर्दछन् ।

अस्पतालमा निःशुल्क उपलब्ध हुने रेबिजविरुद्धको सुई सकिएपछि निजी क्लिनिकमा महँगो शुल्कमा सुई लगाउनु पर्ने बाध्यता भएको छ । निजी क्लिनिकमा एउटा खोपको कम्तीमा रु ५०० पर्दछ । कुकुरले टोकेका बिरामीले चार वटा सुई लगाउनुपर्ने हुन्छ ।

राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरबाट रेबिजविरुद्धको सुई लगाउन भेरी अस्पताल आएका श्यामप्रसाद थारूले निजी मेडिकलमा पैसा तिरेर सुई लगाउनुपरेको बताए । सुई बोक्ने एसीसहितको भ्यान बिग्रिएकाले पनि सुई ल्याउन ढिलाइ भएको उल्लेख गर्दै अस्पतालका प्रमुख डा अधिकारीले केही दिनभित्रै सेवा उपलब्ध हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस