कास्की । नियम विपरित होटल व्यवसाय गर्ने पोखरा महानगरपालिका-८ पृथ्वीचोकस्थित कोशी एण्ड रितिक रेष्टुरेन्टकी संचालिका ममता देवी महतोलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
होटलमा बास बस्न आएका ग्राहकको नियमानुसार अभिलेख राख्नुपर्नेमा सो नराखी होटल ब्यबसाय तथा मदिरा बिक्री बितरण (नियन्त्रण) ऐन, २०३३ बिपरितको कसूर गरेकोले जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले महतोलाई पक्राउ गरेको हो ।
महतोले गत जेठ ३० गते भारत घर भएका ३ जनालाई आफ्नो होटलमा बास बस्न दिई कुनै अभिलेख नराखेको र ती ब्यक्तिहरु समेत भई योजना बनाई लक्ष्मी परियारको हत्या गरेको समेत अनुसन्धानबाट खुल्न आएको छ ।
महतोलाई थप कानुनी कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय, पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।