१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भाइरल ज्वरोको प्रकोप, अस्पतालमा बिरामीको चाप बढ्दो

अ+ अ-

लहान । अत्यधिक गर्मीका कारण सिरहामा भाइरल ज्वरो फैलिएपछि अस्पतालहरुमा थेग्नै नसक्ने गरी बिरामीको चाप बढेको छ ।

जिल्लाभरि नै भाइरल ज्वरोको प्रकोप फैलिएर जिल्लास्थित स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप अत्यधिक बढेसँगै श्यया र औषधिको अभाव भएको छ । सदरमुकाम सिरहास्थित जिल्ला अस्पतालमा गर्मी बढेसँगै दैनिक १०० देखि १५० जनासम्म बिरामी आउने गरेको अस्पतालका मेसु डा. नागेन्द्रप्रसाद यादवले जानकारी दिए ।

उपचारका लागि आउने बिरामीहरुमध्ये करीब ९० प्रतिशत बिरामी भाइरल ज्वरोबाटै थलिएका बिरामीहरु रहेको मेसु डा. यादवको भनाइ छ । दैनिक ठूलो सङ्ख्यामा बिरामीको चाप बढेपछि अस्पतालमा श्ययाको अभावमा भुइँमा राखेरै उपचार गर्नुपर्ने बाध्यता रहेको छ ।

यस्तै सिरहाको गोलबजारस्थित स्वास्थ्य चौकी भाइरल ज्वरोको बिरामीले भरिभराउन भएको स्वास्थ्यकर्मीले बताएको छ ।

स्वास्थ्य चौकीका इन्चार्ज सत्यनारायण यादवका अनुसार भदौको पहिलो सातादेखि दैनिक १०० को हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये करीब ७० प्रतिशत बिरामी भाइरल ज्वरोकै रहेको इन्चार्ज यादवको कथन छ । दैनिक बिरामीको चाप अत्यधिक बढ्ने गरेकाले भुइँमै राखेर उपचार गर्ने गरेको उनले बताए ।

त्यस्तै लहानस्थित रामप्रसाद उमाप्रसाद शारदा स्मारक अस्पतालमा पनि भाइरल ज्वरोकै बिरामीको चाप बढ्को छ । कूल ५० श्ययाको सो अस्पतालमा दैनिक १०० जति बिरामी आउने गरेकामा करीब ९० प्रतिशत बिरामी भाइरल ज्वरोकै रहेको अस्पतालका मेसु डा. सुनिल कुशवाहले जानकारी दिए ।

बिरामीको चाप अत्यधिक बढेकाले श्ययाको अभावमा भुइँमै राखेर बिरामीको उपचार गरिरहेको मेसु डा. कुशवाहको भनाइ छ । भाइरल ज्वरोको प्रकोप जिल्लामा फैलिए पनि डेङ्गु रोगको प्रकोप जिल्लामा नरहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुखसमेत रहेका सिरहा अस्पतालका मेसु डा. यादवको कथन छ ।

जिल्लामा अहिलेसम्म डेङ्गु प्रभावित एउटा पनि बिरामी फेला नपरेकाले आत्तिनु नहुने भन्दै उनले भाइरल ज्वरो र रुघाखोकी फैलिने मौसम अझै रहेकाले सचेत रहनसमेत सबैसँग आग्रह गरे ।

साथै अस्पतालहरुमा पखला, रुघाखोकीको बिरामीसमेत बढेको स्थानीय स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् । मौसमी रुघाखोकी घाम तात्तिँदै गएपछि जमीनमुनि बस्ने सर्प जमीनबाहिर निस्कन थाल्ने र सर्वसाधारणलाई टोक्ने क्रम बढेकाले जिल्ला अस्पतालसहित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा बिरामीको चाप बढेको छ ।

विगत केही दिनयतादेखि बढेको अत्यधिक गर्मीका कारण सिरहा जिल्लाको जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि लाग्ने टण्टलापुर घाम चर्किंदै जाँदा दिउँसोपख सर्वसाधारणको दैनिकी निकै कष्टपूर्ण बनेको छ । दिनभरिको तातो घामले अत्यधिक गर्मी बढेपछि घर/पसलबाट निस्कनै नसक्ने अवस्था आएको स्थानीयवासी बताउँछन् । गर्मीका कारण बजारमा मानिसको चहलपहलसमेत कम भएको छ । टण्टलापुर घाम लाग्ने र हावा नचल्दा दैनिक जीवनयापनसमेत प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस