२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जाजरकोटमा भाइरल ज्वरोले एक किशोरीको मृत्यु

अ+ अ-

जाजरकोट । जाजरकोटमा भाइरल ज्वरोले एक किशोरीको मृत्यु भएको छ । बारेकोट गाउँपालिका–६ टाँसीधुमा घर भई सदरमुकाम खलङ्गा थाप्लेमा बस्दै आएकी १४ वर्षिया आशा विकको मृत्यु भएको हो ।

ज्वरो आउने, घाँटी, टाउको र हातखुट्टा दुख्नेलगायत समस्या देखिएपछि उनी जिल्ला अस्पतालमा साताअघि उपचारका लागि भर्ना भएकी थिइन् ।

सातासम्म पनि उनको अवस्थामा सुधार नआएपछि अस्पतालले नेपालगञ्ज ‘रिफर’ गरेको थियो । उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको आफन्त गणेश विकले बताए ।

आशा खलङ्गाको त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन् । उनका बाबुआमा मजदुरीका लागि पाँच वर्षदेखि भारतको हिमाञ्चलमा बस्दै आएका छन् ।

केही दिनयता जिल्ला अस्पताल र संस्थाहरुमा भाइरल ज्वरोका बिरामी बढेको स्वास्थ्यकर्मीले बताएका छन् । जिल्ला अस्पतालमा दैनिक डेढ सय बिरामी आउने गरेकोमा आधा बिरामी भाइरल ज्वरोका आउने गरेको डा. केशर कार्कीले बताए ।

बिरामी बढ्दै गएको तर औषधिको ‘स्टक’ सकिँदै गएकाले समस्या हुन थालेको उनले बताए । मौसम परिवर्तनको समय भएकाले खानपिनमा उचित ध्यान दिन र बिरामी हुनेबित्तिकै नजिकको स्वास्थ्य संस्था जान उनले आग्रह गरे ।