१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘एक विद्यार्थी, एक फलफूलको बिरुवा’ प्रभावकारी

अ+ अ-

पोखरा । कृषि पेशाप्रतिको अनिच्छाका कारण देशका विभिन्न भागमा जग्गा बाँझिएका अवस्थामा कास्कीको अन्नपूर्ण गाउँपालिकाले भने ‘एक विद्यार्थी एक फलफूल’को बिरुवा कार्यक्रमलाई अघि सारेको छ ।

बाँझिएका जग्गामा कृषकलाई फलफूलका बिरुवा लगाउन अभिप्रेरित गर्दै स्थानीयवासीलाई आयआर्जनसँग जोड्न बिरुवा वितरण गर्न लागिएको हो । भौगोलिक अवस्थिति एवम् स्थानीयवासीको मागअनुसार फलफूलका बिरुवा वितरण गर्न लागिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए । उनका अनुसार निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक कृषि प्रणालीतर्फ उन्मुख गर्ने नीतिअनुरुप प्रत्येक वडा एवम् स्थानमा कृषि उपजको सम्भाव्यता पहिचानका लागि अघिल्लो वर्ष गाउँपालिकाका ११ वटै वडाका ७०२ स्थानको माटो परीक्षण गरिएको थियो ।

गाउँपालिकाका सबै वडामा कृषि र पशुपालनको पकेट क्षेत्र तोक्ने नीति गाउँपालिकाले लिएको जानकारी दिँदै कुँवरले माटो परीक्षणबाट प्राप्त परिणामका आधारमा खेती गर्ने प्रणालीको विकास गर्न लागिएको बताए । माटो परीक्षणसँगै सम्भावित कृषि उपजबारे प्राविधिक समेतको सल्लाहमा कृषि उत्पादनका कार्यक्रमलाई गाउँपालिकाले प्राथमिकतामा राखेको कुँवरले बताए ।

स्थानीय रैथाने जातका बाली तथा बिरुवाको पहिचान गरी तथ्याङ्क सङ्कलन तथा प्रवर्द्धन गर्ने लक्ष्य लिएको गाउँपालिकाले बाँझो खेतलाई प्रयोग गर्ने नीति अवलम्बन गरेको छ । भूमि बैंक खडा गरी कम्तीमा २० वर्षका लागि जग्गा भाडामा लिई व्यावसायिक खेती गर्न गाउँपालिकामार्फत प्रस्ताव आह्वान गर्ने तयारीसमेत गरिएको छ ।

चालु आर्थिक वर्षमा अन्नपूर्ण–८ मा व्यक्तिगत स्वामित्वमा रहेको ११ रोपनी क्षेत्रफलको जग्गामा उक्त व्यक्तिसँगको सहकार्यमा नमूना योजनाका रुपमा एभोकाडोको बिरुवा लगाउने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिए । व्यावसायिक कृषिप्रति स्थानीयवासीलाई आकर्षित गर्दै फलफूलका बिरुवा वितरण गर्ने र त्यसबाट स्थानीयवासीको आयआर्जन वृद्धि गर्ने लक्ष्यअनुरुप गाउँपालिकाले चालू आवमा विभिन्न जातका बिरुवा वितरण गर्ने तयारी गरेको छ ।

‘गाउँपालिकाले आफ्नै नर्सरी तयार गरी त्यहाँबाट कृषकलाई निःशुल्क फलफूलका बिरुवा वितरण गर्ने योजना बनाएको छ’, उनले भने, ‘चालू आवमा गाउँपालिकामा ३० हजार सुन कागतीका बिरुवा वितरण गर्ने गरी बिरुवा तयार गर्न लागिएको छ ।’ गाउँपालिकाले यसै आवमा छ हजार लप्सी, १०/१० हजार सुन्तला, अम्बा, लप्सी र दालचिनीका बिरुवा वितरण गर्ने तयारी गरेको छ ।

कूल ४१७.७४ वर्ग किमी क्षेत्रफलमा फैलिएको यो गाउँपालिकामा पहाडी एवम् हिमाली हावापानी पाइन्छ । साबिकका ढिकुरपोखरी, भदौरेतमागी ९१ र २०, सल्यान, लुम्ले, दाङसिङ र घान्द्रुक गाविस मिलेर बनेको यो गाउँपालिका हाल ११ वडामा विभाजित छ । कृषिजन्य उपजको सम्भाव्यता अध्ययनका क्रममा गरिएको माटो परीक्षणबाट माटोमा रहेको अम्लीयपनको अवस्था हेरी ५४५ टन कृषिचुन वितरण गरिएको पौडेलले जानकारी दिए ।

विविधतायुक्त भौगोलिक अवस्थिति रहेका कारण स्थान अनुसारका फलफूल एवम् अन्य कृषि उत्पादन अघि बढाउने हो भने स्थानीयवासीको आयआर्जनका धेरै सम्भावना रहेको कृषि प्राविधकहरू बताउँछन् । हिमाली एवम् पहाडी दृश्यावलोकनका साथै पदयात्रा पर्यटनको आकर्षक गन्तव्य यस गाउँपालिकामा उत्पादित कृषिजन्य उत्पादन एवम् फलफूलको बजारीकरणमा समस्या नहुने कृषि शाखा प्रमुख शशीकुमार सिंहले बताए ।

नौडाँडा, काँडे, नयाँपुल, वीरेठाँटी र स्याउली बजार यस गाउँपालिकाको मुख्य बजार क्षेत्र हो । मुख्य पर्यटकीय क्षेत्रमा अन्नपूर्ण आधार शिविर, माछापुच्छ्रे आधार शिविर, घोडेपानी, घान्द्रुक, पन्चासेलगायत पर्यटकीय स्थलका कारण पनि यो गाउँपालिका पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

पर्यटकीय सम्भाव्यता समेतलाई दृष्टिगत गरी व्यावसायिक कृषिका माध्यमबाट स्थानीयवासीको जीवनस्तर उठाउने सोचका साथ फलफूलका बिरुवा वितरण र कृषिजन्य उत्पादनलाई गाउँपालिकाले उच्च प्राथमिकतामा राखिएको कृषि शाखा प्रमुख सिंहको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस