काठमाडौं । महिला कर्मचारीमाथि जवरजस्तीकरणी गरेको आरोपपछि सभामुख कृष्णबहादुर महराबाट गम्भीर गल्ती भएको नेकपाले निष्कर्ष निकालेको छ ।
जवरजस्तीकरणी गरेको आरोप लागेका महरासँगको कुराकानी पछि नेकपाले महराबाट गल्ति भएको निष्कर्ष निकालेको हो ।
जवरजस्तीकरणी गरेको आरोप लागेपछि महरामाथि राजीनामाको दबाब बढेको नेकपा स्रोतले जनाएको छ ।
महराको सचिवालयले विज्ञप्ति प्रकाशित गरेर घटना लुकाउन खोजेपनि नेकपा नेतृत्वले महराबाट गम्भीर गल्ती भएको निष्कर्ष निकालेको हो ।