९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इराकमा जारी हिंसामा परी मृत्यु हुनेको संख्या २६ पुग्यो

अ+ अ-

बग्दाद । इराकमा तीन दिन यतादेखि हिंसामा परी मारिने व्यक्तिको सङ्ख्या २६ पुगेको छ । मुलुकमा बढ्दो बेरोजगारी र भ्रष्टाचार बढेको भन्दै केही दिनदेखि जारी रहेको सरकारविरुद्ध देशव्यापी प्रदर्शनमा परी १ हजार ५०० व्यक्ति घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।

इराकको राजधानी शहर बग्दाद र अन्य केही प्रान्तहरुमा जारी यस विरोध प्रदर्शनको क्रममा मारिनेको व्यक्तिहरुको सङ्ख्या २६ पुगेको इराकी स्वतन्त्र मानव अधिकार आयोग (आइएचसिएचआर) का सदस्य बयातीले समाचारदाताहरुलाई बताएका छन् । यस हिसामा परी दुई सुरक्षाबलका सदस्यसहित २६ जना मारिएका हुन ।

यस विरोध प्रदर्शनको क्रममा घाइते भएका १ हजार ५०९ मा ४०१ जना सुरक्षाबलका अधिकारीहरु रहेका जनाइएको छ । घाइते मध्ये कैयौ जना उपचारपछि घर फर्किएका जनाइएको छ ।

केही दिनयता हिंसात्मक प्रदर्शन भइरहेपछि इराकको राजधानी बग्दादमा बिहीबार बिहानैदेखि अनिश्चितकालका लागि निषेधाज्ञा (कफ्र्यु)आदेश जारी गरिएको थियो ।

इराकी प्रधानमन्त्री अदेल अब्देल माहदीले स्थानीय समयानुसार बिहीबार बिहान ०५ बजेदेखि लागू हुनेगरी बग्दादमा अनिश्चितकालीन निषेधाज्ञा लगाउन आदेश दिएका थिए ।

तनाब बढ्दै गएका कारण मुलुकको इन्टरनेट सेवा लगभग बन्द रहेको, सरकारी कार्यालय बन्द गरिएका थिए । आधारभूत सेवा, रोजगारीको अवसरमा कमी र भ्रष्टाचारको विरोधमा इराकभरीे मङ्गलबार अपराह्नबाटे विरोध प्रदर्शन शुरु भएको थियो ।

सर्वसाधारणका ती मागहरुको सही र वस्तुपरक रुपमा ल्याउने तथा शान्तिपूर्ण प्रदर्शन हुन नदिने उद्देश्यले दंगाकारीहरूको एउटा समूहले उक्साएको सरकारको आरोप छ ।

‘हामी अभिव्यक्ति स्वतन्त्रताको सिद्धान्तको साथैमा उभिएका छौं जुन इराकी संविधानमा उल्लेख गरिएको छ । हामी सबै नागरिकलाई शान्त र संयम रहन आग्रह गर्दछौं, सुरक्षाकर्मीले पनि आफ्नो कर्तव्य निर्वाह सही किसिमबाट गरुन् भन्ने चाहन्छौं,’ प्रदर्शनकारीहरुले बताएका छन् ।

घाइतेमध्ये धेरैजसो प्राथमिक उपचारपछि घर फर्किएका तापनि सयौ जना घाइतेहरु अझै अस्पतालमा उपचार जारी रहेको विज्ञप्तिमा जनाइएको छ ।

मङ्गलबार अपराह्न सयौं इराकी प्रदर्शनकारीहरू बग्दादको केन्द्रमा रहेको तहरीर स्क्वायरमा भेला भएर विद्युत, सफा पानी र रोजगारीको अवसरको अभावसहित आधारभूत सेवा नभएको भन्दै विरोध प्रदर्शन गरेका थिए ।

सुरक्षाकर्मी र दंगा प्रहरीले आन्दोलनकारीलाई तितरवितर पार्न अश्रुग्यास, पानीको फोहोरा र गोली चलानुको लगयात गरेको कारबाहीमा २६ व्यक्तिको मृत्यु भएको शुक्रबार विहान बताइएको छ । प्रदर्शनकारीहरूले सडकमा टायरहरू बाल्नुका साथै र मुख्य चोकका सडकहरू अवरुद्ध गरेका थिए । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस