२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साइबेरियाली सुन खानी भत्किँदा १५ को मृत्यु, १३ जनाभन्दा बढी वेपत्ता

अ+ अ-

मस्को । रूसको साइबेरिया क्षेत्रमा शनिबार एक सुन खानी भत्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको रूसी अधिकारीले बताएका छन् । घटनामा कम्तीमा १३ जना पुरिएर वेपत्ता भएका बताइएको छ ।

गैरकानूनी रूपमा सुन निकाल्न साइबा नदीमा बनाइएको गैरकानूनी बाँध भत्किँदा क्रास्नोभास्र्कस्थित खानीमा काम गर्ने श्रमिकको मृत्यु भएको रूसले जनाएको छ ।

खानीमा काम गर्ने श्रमिक सुतिरहेको समय बाँध फुटेर आएको हिलोसहितको पानीले उनीहरूलाई बगाएको रूसी सञ्चारमाध्यमहरूले बताएका छन् ।

घटनापछि करिब ३०० उद्धारकर्मी र छ हेलीकोप्टर खानीमा पुगेका र वेपत्ताहरूको खोजी भइरहेको रूसी विपद् व्यवस्थापनमामिला हेर्ने मन्त्रालयले जानकारी गराएको छ ।

तर घटनास्थल निकै दूरदराजमा रहेकोले उद्धार प्रयास निकै कठिन भएको अधिकारीहरूले बताएका छन् ।

उक्त घटनामा परी घाइते बनेका १४ जनालाई अस्पताल पठाइएको र तीमध्ये दुईजनाको अवस्था निकै गम्भीर रहेको बताइएको छ ।

रूसका हिमाली तथा पहाडी क्षेत्रमा गैरकानूनीरूपमा सञ्चालनमा रहेका खानीहरूमा आवश्यक सुरक्षामा ध्यान नपु¥याइँदा बर्षेनी सयौँ श्रमिकको अकालमा ज्यान जाने गरेको छ ।