२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माटोका भाँडा बिक्री अत्यधिक

अ+ अ-

विराटनगर । तिहार नजिकिँदै गर्दा यहाँ माटाको भाँडा बिक्री अत्यधिक मात्रामा भइरहेको छ । प्रदेश नं १ को राजधानी विराटनगर बजारमा अहिले व्यापारीलाई माटोबाट बनेका विभिन्न सामग्री बेच्न भ्याइनभ्याइ भएको छ ।

उज्यालोको पर्वका रुपमा चिनिएको तिहारका लागि माटोका भाँडा बनाउनमै कुमाले व्यस्त छन् । सर्वसाधारण सानो दियो, कलश, घैला, मटकुरी, हन्डी धुपोरो, चारमुखे दियोलगायत सामग्री किनमेल गर्न बजार आउने गरेका छन् ।

दियो प्रतिदर्जन रु १२, कलश जोडीको रु ५०, धुपुरो सानो प्रतिगोटा रु ५० र ठूलो रु ८०, ठूलो दियो प्रतिगोटा रु ३०, हण्डी रु १५ देखि रु ६० सम्ममा तथा मटकुरी रु १५ देखि रु ४० सम्ममा बिक्री वितरण हुने गरेको छ । व्यापारी निकै उत्साहित भएका छन् ।

विराटनगरका व्यापारी सन्तोष पण्डित माटोको भाँडा बनाउने मेशिन कामदारको अभावमा बन्द गरेर राख्नुपरेको बताउछन् । ‘माटोको भाँडा बजारबाट किनेर बेच्ने गरेको छु’, उनले भने । माटोका सामग्री बाह्रैमास बिक्री वितरण हुने गरेको पण्डितले बताए । ‘अरू बेलाभन्दा तिहारमा धेरै बिक्री हुन्छ’, उनले भने ।

माटोका भाँडावर्तन विवाहका अवसरमा पनि अत्यधिक मात्रामा बिक्री हुन्छ । माटोबाट तयार पारिएका भाँडोमा बिरयानी, दही जमाउन तथा कुल्फिका लागि बढीजसो प्रयोग गरिन्छ ।

प्लास्टिकको सामग्री बिक्रीमा कमी आएको छ । आफूहरुको पुस्तैनी व्यापार भएकाले यसैका भरमा परिवारको पालनपोषण गर्दै आएको व्यापारी पण्डितको भनाइ छ ।

व्यापारी देवनारायण साह माटोको भाँडाको व्यापारबाट आफू खुशी रहेको बताउछन् । तिहारमा घर–घरमा दियो बाल्ने परम्परका कारण माटोका सामग्री बिक्री बढी हुने गरेको उनको भनाइ छ ।

अर्का व्यापारी पप्पु साहले माटोको भाँडा किन्न भारतको चिमडीया, सोनापुर र सुनसरीको देवानगञ्जबाट समेत आउने गरेको बताए । व्यापारीले माटोका सामग्री तीन महीना अघिदेखि नै निर्माण गर्न लगाउने गर्छन् ।