७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महेन्द्रनगरका पाँचै गल्लीमा आधुनिक सडक निर्माण गरिने

अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको महेन्द्रनगर बजारका पाँचै गल्लीमा ठूलो लगानीमा नालीसहित पक्की सडक निर्माण गरिने भएको छ । नगरपालिकाले क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत पाँचै गल्लीमा सडक बनाउन लागेको हो ।

नगरपालिकामा नालीसहितका सडक निर्माण प्रक्रिया शुरु गरिएको छ । नगरपालिकाले सडक निर्माणका लागि एक अर्ब ७६ करोडको बोलपत्र आह्वान गरिसकेको छ । गुरुयोजना बनाएर बसाइएको महेन्द्रनगर बजारलाई व्यवस्थित र आधुनिक बनाउन पक्रिया अघि बढेको नगरप्रमुख सुरेन्द्र विष्टले बताए ।

महेन्द्रनगर योजनाद्ध व्यवस्थित शहर हो । गुरुयोजनाअनुसार निर्माण गरिएको शहरलाई व्यवस्थित र सुन्दर बनाउन नगरपालिका सदा सक्रिय रहेको नगरप्रमुख विष्टले बताए । उनले भने, “बजारका सबै गल्लीमा नालीसहितका सडक निर्माणकार्य प्रक्रिया शुरु गरिएको छ, यसले शहर थप सुन्दर र व्यवस्थित हुने आशा छ ।”

नगरपालिकाको पहिलो नगरसभाबाटै महेन्द्रनगरलाई व्यवस्थित र सुदूरपश्चिमको नमूना शहर बनाउने नीतिगत निर्णय गरेको थियो । नगरपालिकाका इञ्जिनीयर हिमालयसिंह ऐरका अनुसार पाँचै गल्लीमा नालीसहित उच्च गुणस्तरीय सडक बनाइने छ । साथै उनले बजार आसपासका सडक पनि बनाइने बताए।

अहिले भएका सडक पूर्णरूपमा भत्काएर पूरै आधुनिक नयाँ बनाइने उनले जानकारी दिए। इञ्जिनीयर ऐरका अनुसार बजारसहित मदनचोकदेखि मझगाउँ विमानस्थल, भानुचोकदेखि विष्णुमन्दिर सडक नरहसम्म, भाँसीदेखि रौटेला सडकको नहरसम्म, महाकाली अस्पतालदेखि ट्राफिक चोक, स्थानीय भीमपार्कदेखि सालघारी कालिका मन्दिर, हुलाकदेखि भगतपुर, भानुचोकदेखि सब्जीमन्डीसम्मका सडक नयाँ निर्माण गरिनेछन् ।

बजारको फुटपाथसमेत हटाइने नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार सबै सडक सात दशमलव ५० मिटर चौडा र आधुनिक हुनेछन् । सडक निर्माण भएसँगै महेन्द्रनगर बजारको मुहारै परिर्वतन हुने बताइएको छ । पहिलो चरणअन्तर्गत बनाइने सडक प्रभावकारी भएसँगै नगरका अन्य ग्रामीण भेग जोड्ने सडकसमेत निर्माण गरिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस