२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिल्ला प्रहरी कार्यालयमा १९३ को दरबन्दी खाली

अ+ अ-

निजगढ । बारा जिल्ला प्रहरी कार्यालयमा नेपाल प्रहरीका ४६ युनिट छ । एक जिल्ला प्रहरी कार्यलय, १२ इलाका प्रहरी कार्यालय, १८ प्रहरी चौकी, १३ अस्थायी प्रहरी पोष्ट र अस्थायी सुरक्षा बेस क्याम्प, प्रमुख जिल्ला अधिकारी गार्ड, जिल्ला अस्पताल सुरक्षा गार्ड, सीमा सुरक्षा चौकी र विमानस्थल सुरक्षा गरी ४६ प्रहरी युनिट छ ।

अहिले एक अस्थायी प्रहरी चौकी र दुई प्रहरी चौकी भाडाको घरमा नै सञ्चालित छ भने बाँकी रहेका ४३ वटा प्रहरी युनिट आफ्नै भवन तथा विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका भवनबाट सञ्चालित रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठोरले बताए ।

बरियारपुर प्रहरी चौकी, कचरवा प्रहरी चौकी र डुम्बरवाना अस्थायी प्रहरी चौकी अहिले पनि भाडाकै घरमा सञ्चालित छ । जिल्लामा ८८७ जनाको दरबन्दी रहे पनि ६९४ जना मात्र कार्यरत रहेका र १९३ जनाको दरबन्दी खाली रहेको उनले जानकारी गराए ।

भौतिक अभावका कारण प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालय भाडाका घरमा सञ्चालल गरिएको हो । आफूहरुसँग आवश्यक बजेट नभएको र सरोकारवाला निकायले आफूहरुलाई वास्ता नगरेकैले हामी भाडाका घरमा बस्न बाध्य भएको हौँ जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राठौरले बताए । खुला सीमाना भएको र आवश्यक दरबन्दीअनुसार जनशक्ति पूर्वाधारकोे अभावका कारण नागरिकले महसुस गर्ने गरी सुरक्षा प्रदान गर्न नसकिएको उनको भनाइ थियो ।