२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजगढ विमानथल निर्माणमा स्थानीयको साथ आवश्यक छ : नेता नेपाल

अ+ अ-

निजगढ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा स्थानीयवासीको सहयोग आवश्य रहेको बताएका थिए ।

जीतपुरसिमरा उपमहानगरपालिका–१६ पिलुवाका स्व ईश्वरी बजगाईँको १३औँ दिनको पुण्यतिथिमा बारा आएका पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले विमानस्थलमा रहेका चुनौति पन्छाउन स्थानीयवासीको भरपुर साथ र सहयोग आवश्यक रहेको बताए ।

वातावरणको नाममा यो ठाउँबाट विमानस्थल अन्यन्त्र लैजाने षड्यन्त्र भएको भन्दै नेता नेपालले पैसा तथा वातावरणको बाहनामा निजगढ दोस्रो अन्तरराष्ट्रिय विमानस्थल अन्यन्त्र लान नसकिने बताए । उनले कागजमा निजगढको नाम राखेर निजगढ दोस्रो अन्तरराष्ट्रिय विमानस्थल लुम्बिनी वा पोखरा जाने डर आफूलाई पनि रहेको बताए ।

निजगढ दोस्रो अन्तरराष्ट्रिय विमानस्थललाई गतिदिन नेपाल सरकारले केही दिन पहिले निजगढ र सिराहामा भेला राखेको पनि उनले बताए । बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाले एकै स्वरमा निजगढमा विमानस्थल बनाउनका लागि उचित रहेको बताएका नेता नेपालको भनाइ छ ।

“सर्लाहीवासीले दोस्रो अन्तरराष्ट्रिय विमानस्थल सर्लाही लाने प्रयास गरिसकेका भए पनि अनन्त निजगढमा नै बन्नेमा सहमति भएको पनि नेता नेपालले बताए । नेता नेपालले निजगढ विमानस्थलको विकल्प नभएको पनि बताए ।

उनले मलेशिया, बैंकक, टर्की, कोरिया, जापान जहाँ गए पनि एयरपोर्ट शहरभन्दा एक घण्टा टाढा हुने गरेको उल्लेख गर्दै काठमाडौँसँगको दूरी अझै घटाउन दूर्तमार्ग पुल र सुरुङमार्गको धेरै प्रयोग गरिने बताए । नेता नेपालले वन मन्त्रालयमा पाँच वर्षदेखि रुख कटानको फाइल अड्केको बताए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बारा जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा प्रदेश नं २ सरकारका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल, जिल्ला समन्वय समिति बाराका प्रमुख नवलकिशोर सिंह, प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, नेकपाका केन्द्रीय सदस्य बलवीर चौधरी, ज्वाला साह, दिनेश राई, गोपाल ठाकुर, पूर्वमन्त्री पुरुषोत्तम पौडेल, प्रदेश सासंद सुन्दर विक, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा.कृष्ण पौडेललगायतको विशेष उपस्थिति रहेको थियो ।