१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महबाट मनग्य आम्दानी

अ+ अ-

गलेश्वर । झण्डै डेढ दशक विदेशमा पसिना चुहाएर काम गर्दा पनि पैसा बचाउन नसकेपछि आफ्नै देशमा फर्केर मौरी पाल्न थालेका म्याग्दीका एक किसानले राम्रै आम्दानी गर्न सफल भएका छन् ।

म्याग्दीको मङ्गला गाउँपालिका–१, कुहुँका कृषक गोविन्द खत्रीले वैदेशिक रोजगारीबाट घर फर्किएर व्यावसायिक मौरीपालन शुरु गरेपछि राम्रै आम्दानी गर्न सफल भएका हुन् । स्वदेशमा केही काम पाइएन भन्दै विदेश पुगेर उनले त्यहाँ पनि सोचेजस्तो कमाइ नभएपछि गाउँ फर्किएर शुरु गरेको मौरीपालन व्यवसायबाट मौरी, मह, पोला र मौरीघार बिक्री गरेर वर्षमा रु १३/१४ लाख आम्दानी गर्दै आएका छन् ।

इराकमा सात, साउदीमा चार र भारतमा साढे दुई गरी झण्डै १४ वर्षको समय बिताएर फर्किनुभएका खत्री अहिले गाउँमै मौरीपालन व्यवसायमा ररमाएका छन् । खत्रीले विदेशबाट फर्किएको चारपाँच महिनाको अन्तरालमै शुरुमा तीन घारबाट मौरीपालन व्यवसाय शुरु गरेका थिए । खत्रीले अहिले ९२ वटा घारमा मौरीपालन गरेर मह उत्पादन भइरहेको बताए ।

“मैले करिब १४ वर्ष विदेशमा बिताएँ, न राम्रो कमाइ गरेँ, न, शरीरले कहिल्यै सुख पायो”, आफ्नो विदेश बसाइँको तीतो अनुभव सुनाउँदै खत्रीले भने, “विदेश होइन, गर्न सक्ने हो भने हामीले आफ्नै गाउँघरमा मनग्य कमाउन सकिन्छ ।” मौरीपालन व्यवसायमा जिल्लाकै अगुवा कृषकसमेत बनेका खत्रीले गत वर्षको फागुन चैतमा मात्रै झण्डै तीन क्विन्टल मह उत्पादन भएको दाबी गरे । उनले २५० केजीभन्दा बढी मह बिक्री गरेको जानकारी दिए । खत्रीले घरबाटै प्रतिकेजी रु एक हजार ५०० को दरमा मह बिक्री गर्दै आएको बताए । मौरीसहितको घारलाई आठ हजार मूल्य पर्छ । । मौरीपालक कृषक खत्रीले हरेक वर्षको जेठ, कात्तिक र फागुन महिनामा मह काढ्ने गरेका छन् । उनले एक मौसममा मात्रै रु चार पाँच लाख मह बिक्री गरेर कमाउँछन् । गाउँघरमा कात्तिक महिनाको मह राम्रो मान्ने गरिएको छ ।

विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका कृषक खत्रीले मौसम अनुकूल र मौरीले राम्रोसँग मह उत्पादन गरेको खण्डमा वर्षमा रु १४ लाख मह बिक्री गरेरै आम्दानी हुने गरेको बताए । उनले जिल्लाको भकिम्ली, राखु, पाँकु, कोत्राबाङ, पैयुँपाटालगायत ठाउँमा मौरीसहितका घार बेच्ने गरेको जानकारी दिए । उनले मौसमले साथ दिएमा र कुनै रोग किरा नलागेको खण्डमा महको उत्पादन बढ्ने हुँदा आम्दानी पनि राम्रै हुने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस