१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला हिंसा निवारण कोष स्थापना गर्नुपर्ने

अ+ अ-

विराटनगर । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले स्थानीय तहमा महिला हिंसा निवारण कोष स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । ‘लैङ्गिक हिंसाविरुद्धको वर्ष अभियान–०७६/७७, लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी, भूमिका र प्रतिबद्धता’ विषयक प्रदेशस्तरीय अन्तरक्रियामा उनले महिला, बालबालिकाका र अपाङ्गका गुनासो सुनुवाईका लागि स्थानीय स्तरमा महिला तथा बालबालिकाका शाखा स्थापना गर्न आग्रह गरे।

महिला हिंसा अन्त्यका लागिका स्थायी संयन्त्र निर्माण गरी नियमित कार्य गर्नुपर्नेमा जोड दिँदै मन्त्री थापाले महिला अधिकार दिवसअन्तर्गत लैङ्गिक हिंसाविरुद्धको अभियानलाई गाउँटोलमा तत्काल र दीर्घकालीन रुपमा सञ्चालन गर्न र समतामूलक समाज निर्माणमा जनप्रतिनिधिहरुको ठूलो भूमिका रहने धारणा व्यक्त गरे ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार सबै प्रकारका हिंसा अन्त्य गरी स्वास्थ्य, सुखी र समुन्नत प्रदेश बनाउने कार्यमा अगाडि बढिरहेको बताए । उनले प्रदेश सरकारले ल्याएको ‘म अघि बढ्छु’मा सबैको सहयोग भए लैङ्गिक हिंसा अन्त्य गर्न सकिने धारणा व्यक्त गरे ।उक्त प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले लैङ्गिक हिंसा अन्त्यका लागि हामीले आफैँबाट हाम्रो संस्कार, प्रवृत्तिमा सुधार ल्याउनुपर्नेमा जोड दिए ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरले टोल–समाजमा अधिकार विकेन्द्रीकरण गरी महिला हिंसा अन्त्यका लागि पहल गर्नुपर्ने बताए । अन्तरक्रियामा प्रदेशका १४ प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका संयोजक, स्थानीय निकायका प्रमुख र उपप्रमुखहरुको सहभागिता थियो ।रासस